दुधे, २२ चैत–झापाको शिबसताक्षी–११ दुधेस्थित राष्ट्रिय रमरिणय आदर्श माध्यमिक विद्यालयमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी) पुर्नःगठन गरिएको छ ।
दुधेस्थित राष्ट्रिय रमरिर्णय आदर्श माध्यमिक विद्यालयमा बिनम गुरुङको अध्यक्षतामा २१ सदस्यीय अखिष् क्रान्तिकारी इकाई कमिटी गठन गरिएको हो ।
अखिल (क्रान्तिकारी) शिबसताक्षी नगर अध्यक्ष बीरेन्द्र बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरका वरिष्ठ उपाध्यक्ष एबम् सतासी साप्ताहिक पत्रिकाका प्रधानसम्पादक प्रेम याम्फु राईको प्रमुख आतिथ्यतामा अखिल (क्रान्तिकारी) गठन गरिएको हो ।
कमिटी गठन कार्यक्रममा अखिल (क्रान्तिकारी) झापा जिल्ला कमिटी उपाध्यक्ष नबीन सिटौला, सचिव राजन चापागाई, वाइसियल नेपाल जिल्ला कमिटी झापाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरका नेता जीएन (गोपाल) नेयोङ लगायतको उपस्थिति रहेको थियो ।
