चुलाचुली (इलाम), २२ चैत–दक्षिणी इलामको चुचालुली गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले वडास्तरीय भेला र वडा कमिटी विस्तारका कार्यलाई सुरु गरेको छ ।

यसैबीच, मंगलबार चुलाचुली–३ मा नेकपा (एकीकृत समाजवादी) को प्रथम वडा स्तरीय भेलाले श्यामकुमार राईको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन भएको छ ।

सो कमिटीको उपाध्यक्षमा भुपेन्द्र विश्वकर्म, सचिवमा अनिसकुमार माझी, उपसचिवमा इन्द्रबहादुर केरुङ र कोषाध्यक्षमा रन्जना राई चुनिएका छन् ।

पार्टीका केन्द्रीय सदस्य मुना शर्माको उपस्थितिमा सम्पन्न भेलाले गठित वडा कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नवगठित कमिटीलाई पद तथा गोपनियताका सपथ ग्रहण गराइएको थियो ।

सो भेलाको प्रमुख अतिथि समेत रहनुभएकी पार्टीका केन्द्रीय सदस्य शर्माले आसन्न निर्वाचनलाई लक्षित गर्दे चुलाचुली गाउँपालिकाभरी वडास्तरीय भेला र वडा कमिटी निर्माण गरिनुपर्ने बिचार ब्यक्त गरेका थिईन् ।

त्यस्तैं, सोही भेलामा नेकपा (एकीकृत समाजवादी) का राष्ट्रिय परिषद सदस्य मिसन राई लगायत चुलाचुलीस्थित एकीकृत समाजवादीका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *