काँकडभिट्टा, २३ चैत–ईलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी प्रमुखमा ज्ञानकुमार महतो आएका छन् । प्रदेश २ को अनुसन्धान शाखामा कार्यरत महतो इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रमुख भएर आएका हुन् ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख सुनिलसिंह दाहाल १ नम्बर प्रहरी कार्यालय विराटनगरमा सरुवा भएपछि नयाँ प्रहरी प्रमुखमा महतो आएका हुन् ।

मंगलबार प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका महतोले सिमा क्षेत्रमा हुने लागुऔषध नियनत्रण गर्ने, सिमा क्षेत्रमा हुने चोरी निकासीलाई नियन्त्रण गर्ने, निर्वाचनलाई शान्तपुर्वक तरिकाले सम्पन्न गर्ने, मानव बेचविखनलाई नियन्त्रण गर्ने र अपराधमा शून्य सहनशिलता अपनाउने योजना रहेको बताए ।

यस्तै, उनले नागरिक प्रहरी साझेदारी कार्यक्रमलाई टोल टोलमा पु(याउने, सामाजिक हिंसा बिरुद्ध प्रहरीले स्थानीय तहसंग मिलेर जनतालाई सचेतना मुलक कार्यक्रम गरेर अभियान चलाउने बताए ।

ईलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख महतोले यसअघि ईलाका प्रहरी कार्यालय गरुडाको प्रमुखको जिम्मेवारी सम्हालीसकेका छन् भने जिल्ला प्रहरी कार्यालय पर्सामा अनुशन्धान शाखाको जिम्मेवारी पनि उनले सम्हालिसकेका छन् ।

यस्तै, जिल्ला ट्राफिक कार्यालय धनुशाको प्रमुखको समेत जिम्मेवारी सम्हालेका उनले जिल्ला प्रहरी कार्यालय सिराहाको अपराध अनुशन्धान शाखामा रहेर काम गरेको अनुभव सुनाए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *