चुलाचुली, २३ चैत–नेकपा (एकीकृत समाजवादी) ले इलामको चुलाचुली गाउँपालिकामा २ नम्बर वडा कमिटी गठन गरिएको छ । हिजो (मंगबालर) वडा नंम्बर ३ मा वडा कमिटी गठन गरेको एकीकृत समाजवादीले आज (बुधबार) वडा नं २ मा धनबहादुर राईको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य मुना शर्माको उपस्थितिमा गठन भएको वडा कमिटीका उपाध्यक्षमा कोषबहादुर राई, सचिवमा दिलु राई, उपसचिवमा कमल लावती चयन भएका छन् ।

सो अवसरमा नेकपा (एकीकृत समाजवादी) चुलाचुली गाउँ कमिटी अध्यक्ष नारायणसिंह लावती, राष्ट्रिय परिषद सदस्य मिसन राई, राजकुमार राई लगायतका स्थानीय नेता–कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा पार्टी केन्द्रीय सदस्य शर्माले परिवर्तनका पक्षधरहरु नेकपा (एकीकृत समाजवादी) को झण्डामुनी गोलबन्द हुन आग्रह गरिन् । शर्माले निर्वाचनको मिति क्रमशः नजिकै आइरहेको अवस्थामा देशभरका स्थानीय तहमा एकीकृत मसाजवादीको तर्फबाट उम्मेद्वार रहने र बिजय समेत प्राप्त गर्ने अठोट व्यक्त गरिन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *