धरमपुर, २३ चैत–आसन्न् स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर मञ्च सम्बद्ध संघीय लिम्बूवान मञ्चले झापाको शिबसताक्षी–१ धरमपुरमा वडास्तरीय भेला गर्दै वडा अध्यक्षसहित सदस्य पदका उम्मेद्वारको नामहरु टुंगो लगाएको छ ।

संघीय लिम्बूवान मञ्च शिबसताक्षी नगर अध्यक्ष बिचारी लावतीका अनुसार वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा दिल सेरेङसहित महिला सदस्यमा मनमाया नेम्बाङ, दलित महिला सदस्यमा कमला विश्वकर्मा, खुल्लातर्फ सदस्यमा यज्ञहाङ चेम्जोङ (समिर) र ज्ञानुहाङ शेर्मालाई अघि बढाएको छ ।

अध्यक्ष पदका उम्मेद्वार सेरेङ धरमपुरमा लोकप्रिय युवा नेता हुन् । उनी धरमपुरमा सामाजिक क्षेत्रमा सक्रिय छन् ।

त्यस्तैं, सोही भेलाले वडाका उम्मेद्वारलाई बिजय गराउन निर्वाचन परिचालन सम्बन्धी विभिन्न समिति र उपसमितिहरु गठन गरेर जिम्मेवारी बाँडफाँड गरिएको नगर अध्यक्ष लावोतीले जानकारी दिए ।

अध्यक्ष लावोतीका अनुसार क्रमशः शिबसताक्षी नगरपालिकाको सवै वडाहरुमा उम्मेद्वारको टुंगो लगाईने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *