काँकरभिट्टा, २४ चैत–संचारकर्मी नवराज सुवेदी रातोपोष्ट मिडियाको समाचार प्रमुखमा नियुक्त भएका छन् ।
मेचीनगर क्षेत्रमा रहेर सञ्चारकर्ममा सक्रिय सुवेदी काँकरभिट्टाबाट प्रकाशन हुने साप्ताहिक पत्रिका रातोपोष्टको समाचार प्रमुखमा नियुक्त भएका हुन् ।
मिडिया संचालक समितिको वैठकले बुधवार सुवेदीलाई समाचार प्रमुखको जिम्मेवारी दिएको हो ।
रेडियोबाट पत्रकारिता शुरु गरेका संचारकर्मी सुवेदी यसअघि रेडियो लामोसमय रेडियो साथीमा आबद्ध थिए ।
