काठमाडौं, २४ चैत–नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोश्रो राष्ट्रिय महाधिवेशनले पुनः एलपी साँवालाई नै अध्यक्षमा चयन गरेको छ । महासंघको महासचिवमा पुनः भगिरथ सापकोटा चयन भएका छन् ।

एमाले निकट व्यवसायीहरुको छाता संगठन नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो महाधिवेशन बुधबार पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

महासघको दोश्रो राष्ट्रिय महाधिवेशनले १७ पदाधिकारी, ११ बस्तुगत संघबाट स्थायी कमिटी र २ सय ५५ जनाको कार्यसमिति निर्विरोध चयन गरेको छ ।

यी हुन् पदाधिकारी

उपाध्यक्षहरुः
रामबहादुर गुरुङ
डेकनाथ गौतम
डिबी बस्नेत
सिएन पाण्डे
बालकृष्ण शिवाकोटी
सुर्यबहादुर थापा
डा तिलचन्द्र भट्टराई
महासचिवहरुः

भागिरथ सापकोटा
उपमहासचिव
सुवर्ण श्रेष्ठ
मिनबहादुर तामाङ
कोषाध्यक्ष
मोहन डाँगी
सचिवहरुः

रघु पुरी
केदारवहादुर बस्नेत
मोति ज्ञवाली
बलराम भट्टराई
खड्गबहादुर खत्री

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *