गोविन ल्वागुन/धरमपुर, २५ चैत–झापाको शिबसताक्षी १ धरमपुरस्थित दलित तथा सिमान्तकृत समुदायको प्रर्बधनका लागी आवश्यक सामाग्रीहरु प्रदान गरिएको छ ।
दलित अधिकार नगर समन्व उपभोक्ता समितिको आयोजनामा प्रदेश सरकारको निर्बाचन क्षेत्रबिकास कार्यक्रम अन्तरगतको १ लाख ५० हजार आर्थिक सहयोगमा खरिद गरिएको सो सामाग्री हस्तान्तरण गरिएको हो ।
दालित समुदायको पुर्खौली पेशालाई प्रर्बधन गर्नकोलागी लुगा सिलालउने मेसिन, सनाई, नरसिङगा, साउण्ड बक्स र कुर्सी टेबल बितरण गरिएको समितिका अध्यक्ष मोहन सिन्चिउरीले बताए । उनका अनुसार लोप हुन लागेको दलित समुदायले बिभिन्न कार्यक्रममा बजाउने बाजाको संरक्षणको लागी उक्त समुदायलाई प्रदान गरिएको बताए ।
उक्त सामाग्रि कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सरकारका कृषि मन्त्रि झलकसिह दर्लामीले लाभग्राहीहरुलाई हस्तान्तरण गरे । सो अवसरमा १ थान सिलाई मेसिन २ थान सानाई, १ थान नरसिङगा, १ थान साउण्ड बक्स,१ थान टेबल र २५ थान कुर्सी बितरण गरिएको हो ।
उक्त सामाग्री माध्ये सिलई मेसिन नरमाया बर्देवालाई, सनाई कमलबहादुर दमाइलार्ई,नरसिङगा,बिरबहादुर दमाईले प्रप्त गरे भने कुर्सी टेवल माझी सेवा समाजले र साउण्ड बक्स मन्दिर टोल सुधार समुहले प्राप्त गरेका हुन ।
सामाग्री हस्तान्तरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि दार्लमीले दलित समुदादयको मौलीक बाजा तथा मेसिन अत्यान्तै आवश्यक भएकोले यस्तो सामाग्रीको सम्रक्षण र प्रर्बधन गर्न सबैको कर्तब्य रहेको बताए । फरक प्रशंगमा मन्त्रि दर्लामीले स्थानीयतहको चुनाब संघारमा, आइसकेकोले सबै नागरिकले स्वबिबेक प्रयोग गरि हाम्रोलाई भन्दा राम्रो ब्यतिmलाई आफ्नो अम्ुल्य मत दिन आग्रह गरे ।
उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा सुसासन पाटीका केन्द्रिय उपाध्यक्ष चन्द्रबीर नेम्बाङ, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भटराई माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एबम् सतासी साप्ताहिकका प्रधान सम्पादक प्रेम याम्फु राई, युवा नेता नेत्र नेम्बाङ, भवन सेन्दाङ, खेम ढकाल (आकाश) लगायतले उक्त सामाग्री हस्तान्तरणको प्रशंसा गर्दै दलित समुदायलाई समाजमा तल्लो दर्जाको नागरिकको रुपमा हेर्ने प्रबृत्ति अझै रहेकोले यस्को अनत्य हुनु पर्ने बताएका थिए ।
दलित समुदायको सिप बाट सृजित सामाग्रीले हामी आफ्नो शरिर ढाक्ने र सौन्दर्य बनाउन महत्वपुर्ण भुमिका खेलेको बाएका थिए । दलित अधिकार नगर समन्वय समितिका अध्यक्ष खगेन्द्र लम्जेलले कार्यक्रमको औचित्य माथि प्रकाश परेका थिए ।
कार्यक्रममा स्वगत मन्तब्य दलित अधिकार नगर समन्वय उपभोक्ता समितिका सल्लाहकार कुमार शंकरको थियो र संचालन दलित अधिकार नगर समन्वय समितिका सचिब पुर्णबहादुर लकान्द्रीले गरेका थिए । उक्त अवसरमा बिभिन्न राजनितिक दलका पाटी प्रतिनिधि र स्थानीयबासीको बाक्लो सहभागिता रहेका थियो ।
