गोविन ल्वागुन शिबगञ्ज, २५ चैत–झापाको शिबसताक्षी–६ शिबगञ्जले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान तथा झुल बितरण गरेको छ ।

शुक्रबार स्थानीय धनन्जय सामुदायीक भवनमा आयोजीत कार्यक्रममा १ सय ७० जना जेष्ठ नागकिहरुलाई दोसल्ला ओडाएर झुल हस्तान्तरण गरिएको हो । ७० बर्षमाथी १ सय २ सम्मका जेष्ठ नागरिकहरुलाई सम्मान तथा झुलबितरण गरिएको वडा सचिब बिमलबास्कोटाले जानकारी दिए ।

वडाको सामाजीक बिकास कार्यक्रम अन्तरगत सम्मान तथा झुल बितरण गरिएको कार्यक्रममा १ सय २ बर्षिया बृद्धा ज्ञानीमाया भण्डारीलाई सम्मान तथा झुल बितरण गरेर कार्यक्रम सुभारम्भ गरिएको थियो ।

उक्त कार्यक्रम बृद्धबृद्धाहरुलाई एक आपसमा भेटघाट तथा पुनरताजकी गराउने उदेश्यलेसमय सापेक्ष अहिले गर्मि बढिरहेको र लाम्खुटेको संक्रमणमा पनि बृद्धि भएकोले जेष्ठ नगरिकहरुलाई लाम्खुटेको टोकाइबाट बच्न मद्दत होस भनेर झुलबितरण गरिएको वडा अध्यक्षमनोज खुलाल कार्कीले जानकारी दिए । उनकाअनुसार जेष्ठ नागरिक समाजका जिउदो इतिहास र तिर्थको रुप भएकोले उनिहरुको सम्मान गर्ने सके मात्र समाज रुपान्तरण हुने भएकोले जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको बताए । वडामा हाल ७० बर्ष माथिका जेष्ठ सदस्य उल्लेखिय मात्रमा रहेकोे बताइएको छ ।

कार्यक्रमका प्रमुखअतिथि जेष्ठ नागरिक वडा समितिका अध्यक्ष धनबहादुर राईले वडाले जेष्ठ सदस्यको लागी गरेको यो कार्य प्रशंशा योग्य रहेकोले नगरकाअन्य वडाले पनि सिको गर्न आवश्यक रहेको बताए । उनले भने जेष्ठ सदस्यको लागी नगरको आर्थिक सहयोगमा जेष्ठ नागरिक नगर समितिले पनि बिभिन्न कार्य र सहयोग गर्दै आएकोले बजेटमा बृद्धि गरि जेष्ठ नागरिक मैत्रि काम गर्न आग्रह गरे ।

उपस्थीत जेष्ठ सदस्यहरु सम्मान र झुलपाएपछि खुशिहुदै वडाबाट थप जेष्ठ नागरिक लक्षित सहयोगको अपेक्षा गरेको बताएका छन ।

उक्त कार्यक्रममा नेकपा (एकिकृत समाजबादी) शिबसताक्षी नगर उपाध्यक्ष एबम् व्यवसायी मुक्तिनाथ गुरागाई, शिबसताक्षी उद्योग बाणिज्य संघका कोषाध्यक्ष रोजी लुइटेल, नेपाली काँग्रेसका वडा सभापति भिम ताजपुरिया, नेकपा एमाले जिल्ला कमिटि सल्लहाकार सदस्य बिष्णु खतिवडा, नेपाल रेडक्रस सोसाइटी उपशाखा शिबसताक्षीका सभापति नाररयाण दाहाल, लक्ष्मी गुरागाई, उषादेबी खड्का, गंगाराम खनाल लगायतले कार्यक्रमको शुभकामना मन्तब्य बोलेका थिए ।

वडा सदस्य बद्रिनाथ खनालको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन वडा सचिब बिमल बास्कोटाले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *