दमक, २५ चैत–युवराज घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) को दमक–५ मा वडा कमिटी गठन भएको छ । सो कमिटीको उपाध्यक्षद्धयमा डम्बर आङदम्बे लिम्बू, दीपक भट्टराई, सचिवमा अविन मेन्याङ्बो लिम्बू, उपसचिवत्रयमा राजेश नेपाल, रिमिता पौडेल र अतित थेबे लिम्बू चुनिएका छन् ।

त्यस्तैं, वडा कमिटीका सदस्यहरुमा योगेन्द्र भण्डारी, हिन्दु कुमाल, अब्जल सिटौला, दिनेश गुरुङ, अभिषेक घिमिरे, प्रेम कार्की, शुनिल निरौला, दिनेश बुडाथोकी लगायत २५ सदस्यीय वडा कमिटी गठन भएको नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिएका छन् ।

सिद्धी मार्केटस्थित पार्टी कार्यालयमा आयोजित भेलाको अध्यक्षता नगर कमिटी सदस्य तथा ५ नम्बर वडा इन्चार्ज प्रेम भुजेलले गर्नुभएको थियो । सो भेलामा पार्टीका प्रदेश १ कमिटी सदस्य केन्द्र प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश सदस्य तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की, जिल्ला कमिटी सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपाल, लगायले बधाई तथा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सो अवसरमा नवगठित वडा कमिटीलाई पार्टीका प्रदेश सदस्य शान्तिराम आचार्यले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा नगर कमिटी उपसचिव तथा समाजवादी प्रेष संगठन झापाका उपाध्यक्ष अनिलदेब राईले कार्यक्रमको औचित्यमाथी प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य टिका प्रसाई, भीम दाहाल, तुलसी निरौला, कमल कटुवाल, तीर्थ नेपाल, जीवन सेढाई, युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य हरिकृष्ण पौडेल, झापाका उपाध्यक्ष प्रवाल भण्डारी, अखिल फोर्सका केन्द्रीय सहसंयोजक रोशन भण्डारी, अनेरास्ववियु केन्द्रीय सदस्य मदन गुरुङ, अनेरास्ववियू दमक बहुमुखी क्याम्पसका अध्यक्ष आयुषमान पोख्रेल, युवा संघ नेपाल दमक नगर अध्यक्ष दिपक भट्टराई, चन्द्र थापा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *