झापा, २६ चैत–नेकपा (एमाले) का कार्यकर्ताहरुले मेचीनगरको प्रमुख र उपप्रमुखको नाम छानौट गरेका छन ।

बैशाख ३० गते हुने स्थनीय तह निर्वाचनका लागि नगर प्रमुख र उपप्रमुखकोको उम्मेद्वार सिफारिसका लागि एमाले कार्यकर्ताहरुले मतदान मार्फत नाम छनौट गरेका हुन ।

मेचीनगरमा भएको मतदान मार्फत नगरप्रमुखका लागि गोपालचन्द्र बुढाथोकी, निलकण्ठ तिवारी र मिना उप्रेतीले बढी मत प्राप्त गरेको एमालेस्रोतले जनाएको छ ।

त्यस्तै मेचीनगरको उपप्रमुखमा रमा भण्डारी, ऋषीराज तिम्सिना र कल्पना ओलीले बढी मत पाएका छन । कार्यकर्ताले दिएको मतका आधारमा सर्वाधिक मत प्राप्त गरेका मध्ये नगरप्रमुखमा एक महिला सहित तीन जना र उपप्रमुखमा पनि एक महिला सहित तीन जनाको नाम जिल्ला पार्टी कार्यालयले केन्द्रमा सिफारिस गर्ने एमाले केन्द्रीय सदस्य तथा निर्वाचन समिति संयोजक रविन कोइरालाले बताउनु भयो ।

सिफारिस भएका मध्येबाट केन्द्रिय समितिले प्रमुख र उपप्रमुखको उम्मेद्वार निर्णय गर्ने कोइरालाले जानकारी दिनु भयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *