धरमपुर, २६ चैत–निर्वाचनको मिति नजिकैगर्दा स्थानीय तहमा राजनीतिक पार्टीहरु आ–आफ्ना कार्यक्रमहरु लिएर मतदाताहरुबीच आइरहेका छन् । यसैबीच, झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (माओवादी केन्द्र) ले पार्टीसम्बद्ध सवै संघसंगठनहरुलाई चलायमान र गतिशिल बनाउन प्रयासरत छन् ।

नगरभरी माध्यमिक विद्यालय र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) लाई गठन–पुर्नःगठनका अभियान सम्पन्न गरिसकेको छ । त्यस्तै), पार्टीसम्बद्ध युवाहरुको योङ कम्युनिष्ट लिग (वाइसियल) लाई पनि सवै वडाहरुमा गठन गरिसकेको नेकपा (माओवादी केन्द्र) नगरका बरिष्ठ उपाध्यक्ष एबम् सतासी साप्ताहिक पत्रिकाका प्रधानसम्पादक प्रेम याम्फु राईले जानकारी दिनुभयो ।

यता, शिबसताक्षी–२ (साविकः धरमपुर गाविसको वडा नं ५, ६ र ७) मा पार्टी वडा कमिटीले टोल स्तरीय कमिटीहरु गठन कार्य पुरा गरेको छ । वडा नं २ का अध्यक्ष भीम नेम्बाङका अनुसार शिबसताक्षी–२ लाई ५ वटा टोल कमिटीहरुमा बिभाजन गरी टोल स्तरीय कमिटी बनाइएको छ ।

साविकको धरमपुर ७ लाई टोल नम्बर १ कमिटी बनाइएको छ । जसको अध्यक्षमा रामु ढुङगाना चुनिएका छन् । साविकको धरमपुर ६ लाई टोल नम्बर २ र कमिटीको अध्यक्षमा तुलसा बोहोरा चुनिएका छन् ।

त्यस्तैंं, साविकको धरमपुर ५ लाई तीनवटा टोलमा बिभाजन गरिएको छ । जसअन्तगर्त मंगलबारे बजार (डुडामारी खोला) पश्चिम, मोती मावि, ब्याङडुग्रा, इन्द्रेणी–ड्राइभर चौक लगायतका आसपासका गाउँलाई टोल नम्बर ३ बनाइएको र त्यस टोल कमिटीको अध्यक्षमा राजकुमार राई छन् ।

मंगलबारे बजार पुर्व दक्षिण र दिङलाधाप, बिर्नाबारी नहर चौक लगायतको टोललाई समेट्दै टोल नम्बर ४ बनाइएको छ । सो टोल कमिटीको अध्यक्षमा होम खड्का चुनिएका छन् । मंगलबारे बजार पुर्व उत्तरको किसान चौक, यलम्बर चौक, सयपत्री चौक, नहर चौक र हिमाली चौकलाई टोल नम्बर ५ कमिटी बनाइएको छ । सो टोल कमिटीको अध्यक्षमा हस्तबहादुर तामाङलाई जिम्मेवारी प्रदान गरिएको नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटी सदस्य तथा वाइसियल नेपाल प्रदेश १ सदस्य भूवन राईले जानकारी दिनुभएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *