काठमाडौं, २६ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले, एमाले अध्यक्ष केपी शर्मा ओली गफाडी भएकाले कुनै काम नभएको टिप्पणी गरेका छन्।

उनले भने,‘गफाडीको कुनै काम छैन, गफाडीलाई गफ र अरुको अपमान गर्न दिनुस्।ु

काठमाडौंमा आयोजित आमसभामा बोल्दै नेपालले देश निर्माणको संकल्प र स्वाभिमानलाई बोकेर विदेशीहरूसँग मित्रताको सम्बन्ध राख्नुपर्नेमा जोड दिए।

उनले आफ्नो पार्टीमा तीव्र जनलहर आएको समेत दाबी गरे।

साथै उनले अबको लक्ष्य भनेको समाजवादको बाटो हुनुपर्ने जनाए।

अन्याय र असमानतालाई हटाएर समृद्धिको सिद्धान्तमा हिँड्नुपर्ने उनको भनाइ छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *