बिर्तामोड, २६ चैत–नेकपा (एमाले) अर्जुनधारा नगर कमिटीले मेयरका लागि नगर अध्यक्ष बलदेव गोम्देनलाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

एमाले नगर कमिटी अध्यक्ष समेत रहेका गोम्देनलाई सर्वसम्मत उम्मेद्वारका रुपमा सिफरिस गर्ने निर्णय भएको एक सदस्यले जानकारी दिए ।

अर्जुनधाराका वडाध्यक्ष समेत रहेका गोम्देनसहित मेयर पदमा उपमेयर कमला आचार्य , कमल गुरागाई र देवीमाया भट्टराईले आकांक्षा व्यक्त गरेका थिए ।

सहमतिबाटै मेयरको उम्मेद्वार टुङ्गो लगाएको अर्जुनधाराले उपमेयरको उम्मेद्वार पनि सर्वसम्मत गर्ने गरि छलफल गरिरहेको छ ।

मेयरको उम्मेद्वार सिफारिसका लागि सर्वसम्मत भएका गोम्देन राजनीतिकसँगै सामाजक सेवामा क्रियाशिल व्यक्ति हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *