धरमपुर, २६ चैत–स्थानीय तहको निर्बाचनलाई लक्षित गरि संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान प्रान्तिय मञ्च नेपाल शिबसुताक्षी नगरको उमेद्धारी घोषणा गरिएको छ ।
आज शनिबार पार्टी कार्यलयमा बसेको नगरकमिटीको भेलाले मेयर र उपमेयरसहित ११ वटै वडाको अध्यक्ष र वडा सदस्यहरु सर्बसम्मत चयन गरि घोषणा गरेको नगर अध्यक्ष बिचारी लावती जानकारी दिए । उनका अनुसार पाटीको संघिय सदस्य प्रकाश लिङदेनलाई मेयरमा र पाटी संघिय महासचिब शान्ता योङहाङलाई उपमेयरमा अघि सारेको छ ।
त्यसैगरि, वडा नम्बर १ को अध्यक्षमा दिलबहादुर लिम्बु, सदस्यहरुमा ज्ञानु शेर्मा, योग्यहाङ चेम्जोङ, मनमाया नेम्बाङ र कमला बिक चयन गरिएको छ ।
यस्तै, वडा २ नं वडामा बुद्धराज नेम्बाङ अध्यक्षमा चयन भएका छन भने अन्य सदस्यहरुको टुङगो लागन्न सकैको छैन । वडा नम्बर ३ को अध्यक्षमा भिम निङलेखु र सदस्यमा सुवास राई, धिम्का ताजपुरिया, मंगलीमाया सुब्बा चयन भएका छन ।
त्यसैगरि, वडा नम्बर ५ को अध्यक्षमा रामकुमार लिम्बु चयन भएका छन । सदस्य हरुमा देबसरी राजबंशी, दुरन राई, अम्बिका दर्जी, सतानी ताजपुरिया रहेका छन । वडा नम्बर ६ बाट अध्यक्षमा मनकुमार तुम्बापो, सदस्यहरुमा हेमबहादुर लिम्बु, बाबुराम लिम्बु, प्रमेश्वरी मुखिया चयन भएका हुन ।
यता वडा नम्बर ७ को अध्यक्षको लागी किरण लिङदेन तथा सदस्यहरुमा भिममाया लिम्बु, भगवती दर्जी, कुमार योङहाङ र पदम इजम चयन भएका छन ।
त्यस्तै, वडा नम्बर ९ को अध्यक्षमा जितेन्द्रराज आङबो सदस्यहरुमा अम्मर बहादुर योङहाङ, गिता दर्जी, राजकुमार माझी चयन भएका छन । त्यसैगरि, वडा नम्बर १० को अध्यक्षको लागी नरेन्द्र लिम्बु (बिकास) र सदस्यहरुमा चन्द्रकला लिम्ब, दिलिप रिषीदेब, अर्जुन लिम्बुलाई चयन गरिएको छ ।
वडा नम्बर ११ को अध्यक्षमा बादल राई, सदस्यहरुमा मोतीखर भण्डारी, मन्जरा राइ , हेमकुमार राई, पबित्रा बिक चयन भएका हुन । वडा नम्बर ८ को अध्यक्षमा दलकुमार शेर्मा र वडा नम्बर ४ को सम्पुर्ण टिमसहित अन्य छुटेका वडा सदस्यहरुको नाम भने अर्को भेलाले टुङगो लगाउने पाटीका नगर अध्यक्ष लावतीले जानकारी दिएका छन ।
पहिचानमा अधारित लिम्बुवान सहितको १० जोड १ प्रान्त माग गरिरहेको अवस्थामा चुनाबी मैदानमा होमिएको हो । यस पाटीले नगरको समृद्ध बिकासमा जोड दिदै आवश्यक अनुसार आफ्नो पहिचान र मुद्धालाई सर्बोपरि ठानी देश र जनाताको हितमा काम गर्न सक्ने पाटी भएकोले आसन्न स्थानीय तहको निर्बाचनमा दाप सहितको खुकुरी चिन्हमा मतदान गरि हाम्रो पाटीलाई जिताउन सबै नगरबासी समक्ष अपिल समेत गरेको अध्यक्ष लावतीको भनाइ छ ।
