दमक, २६ चैत–इलामको चुलाचुली गाउँपालिका वडा नं ३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुलुङ राई जंगली हात्तीको आक्रमणबाट मारिएका छन् ।

आज बिहान मर्निङ वाकमा रहेका थुलुङ जङ्गली हात्तीको आक्रमणमा परेका थिए । उनलाई उपचारका लागि झापाको दमकस्थित एड्भान्स अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

प्रतक्ष्यदर्शीका अनुसार थुलुङको घरबाट करिब २०० मिटर टाढा उनी हात्तीको आक्रमणमा परेका थिए ।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी जङ्गाबहादुर थापाले शबको पोष्टमोर्टम पछि परिवारलाई हस्तान्तरण हुने बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *