दुधे, २६ चैत–झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (एमाले) ले स्थानीय निर्वाचनका लागि नगर प्रमुख र नगष्र उप-प्रमुखको आकांक्षीहरुबीच आन्तरिक मतदानबाट उमेद्धवार छनौट गरेको छ ।

आकांक्षीहरुबीच आपसी सहमती जुटन नसकेपछि एमाले शिबसताक्षी नगर कमिटीको आन्तरिक मतदानबाट नगर प्रमुखमा मेघाहाङ (रोशन) थोप्रा र नगर उप-प्रमुखमा भोजकुमारी नेपाल सर्वाधिक मतसहित छनौटमा परेका छन् ।

छनौटमा परेका थोप्रा एमाले नगर कमिटी अध्यक्ष हुन् भने उप-प्रमुखमा छनौट भएकी नेपाल शिबसताक्षी नगरपालिकाकी वाहालवाल नगर उप-प्रमुख हुन् । उनी पार्टीको प्रदेश कमिटी सदस्य हुन् ।

नगर प्रमुखमा थोप्रासँगै नगर प्रमुखमा आकांक्षीहरुमा शिबसताक्षी नगरका प्रमुख चन्द्रकुमार शेर्मा, राधाकृष्ण खनाल, धनबहादुर थेबे, राजिव घिमिरे, रामचन्द्र दाहाल, लिलाप्रसाद भट्टराई, होमप्रसाद गौतम, धनप्रसाद लिम्बू थिए । यी आकांक्षीहरुबीच खनाल टप टुमा पर्न सफल भएका छन् ।

यता, नगर उप-प्रमुखमा आकांक्षीहरुमा कल्पना चम्लागाई (कोपिला), भरत इन्दिरा बस्नेत, गीतादेवी खरेल, नरमाया कार्की, पवित्रा लिम्बु, भोजकुमारी नेपाल र मनमाया तिवारीको उम्मेद्वारी परेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *