सुरुङगा, २६ चैत–झापाको कनकाई नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) कनकाई नगर कमिटी गठन गरिएको छ । युवा नेता प्रतिक राजवंशीको अध्यक्षतामा ४१ सदस्यीय नेकपा (एकीकृत समाजवादी) कनकाई नगर कमिटी गठन गरिएको हो ।
एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपाल जिल्ला कमिटी झापाका सचिब समेत रहनुभएका प्रतीक राजवंशीको अध्यक्षतामा कनकाई नगर कमिटी गठन भएको जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मीले जानकारी दिनुभयो ।
सो भेलालाई पार्टी केन्द्रीय सदस्य निलमणि बराल, प्रदेश कमिटी सदस्य अम्बिका उप्रेती, केन्द्रीय सल्लाहकार नारायण राजबसी, जिल्ला उपाध्यक्ष प्रत्युस रानाले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा समाजवादी प्रेष संगठनका केन्द्रीय उपाध्यक्ष एबम् जिल्ला कमिटी झापाका प्रचार बिभाग प्रमुख तीर्थ सिग्देल, बिर्तामोड नगर अध्यक्ष श्री प्रसाद सिटौला लगायतका नेताहरुको उपस्थिति थियो ।
नवगठित कमिटीको घोषणा पार्टी जिल्ला अध्यक्ष रेग्मीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला उप सचिब नवीन इजमले गर्नुभएको थियो ।
