दमक, २७ चैत–दक्षिणी झापाको गौरिगञ्ज गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) को गाउँ कमिटी गठन भएको छ । आइतबार गौरिगञ्जमा आयोजित भेलाले हिराकाजी गिरीको अध्यक्षतामा ४५ सदस्यीय नेकपा (एकीकृत समाजवादी) गौरिगञ्ज गाउँ कमिटी गठन भएको हो ।

एकीकृत समाजवादी गौरिगञ्ज गाउँ कमिटीको उपाध्यक्षमा पशुपति भुजेल, सचिवमा बेदराज गिरी र उपसचिवमा बेदनाथ आचार्य रहनुभएको छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य तथा शसस्त्र प्रहरीका पूर्वएसएसपी भरतबाबू कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो ।

नवगठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा झापा इन्चार्ज बुडाथोकी र विशिष्ट अतिथि पार्टीका प्रदेश कमिटी सदस्य कार्कीले बधाई तथा सफल कार्याकालको शुभकामना ब्यक्त गर्नुभएको थियो । त्यस्तैं, स्थानीय निर्वाचनमा गाउँ गाउँमा पुगेर पार्टीका बारेमा नागरिकलाई शन्देशहरु पुर्याउन आग्रह गर्नुभयो ।

जिल्ला कमिटी सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपालको अध्यक्षतामा र जिल्ला कमिटी सदस्य टीका प्रसाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *