गौरादह, २७ चैत–चट्याङ लागेर आज आइतवार दिउँसो झापाको गौरादह नगरपालिका ५ की एक महिलाको मत्युभएको छ ।मृत्यु हुनेमा गौरादह ५ की ४० बर्षीया मन माया थापा रहेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागेर घाईते उहाँको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
