झिलझिले, २७ चैत–झापाको शिवसताक्षी नगरपालिकामा हुण्डरीसहित बर्षाले ८ वटा घरको छाना उडाएको छ ।
वडा नम्बर ७ मा एतवरी टुडू, कार्तिक राजवंशी, मेनी राजवंशी,विरे राजवंशी, पवन राजवंशी लगायतको फुस्को घर हावाले उडाएको हो । पवन राजवंशी का अनुसार अन्नपात भिजेर नष्ट भएको छ ।
यता कनकाई नदीको बगरमा लगाइएको खरबुजा असिनाले फुटाएर क्षति पुर्याएको छ । यो सिजनमा झापा का नदीका बगरमा खरबुजा खेती हुने गरेको छ ।
स्थानीय कुन्दन कुमार चौधरीका अनुसार २५ बिगाहामा लगाइएको खरबुजा असिनाले खत्तम बनाइदिएको छ । माई खोलाको बगरमा सयौ किसानले खरबुजा को खेती गर्दै आएका छन् ।
