झिलझिले, २८ चैत–झापाको शिबसताक्षी–११ मा नेकपा (एमाले) सम्बद्ध युवाहरुको साझा संगठन युवा संघ नेपालको टोल नम्बर ६ गठन गरिएको छ । आउदै गरेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर एमालेसम्बद्ध युवा संघ नेपालले शिबसताक्षी नगरको ११ वटै वडामा टोल कमिटी गठन गरिरहेको छ ।

सुदन बेघा लिम्बूको अध्यक्षतामा शिबसताक्षी–११ टोल नम्बर ६ कमिटी गठन भएको नेकपा (एमाले) शिबसताक्षी नगरका युवा नेता जसु कुलुङ राईले जानकारी दिनुभयो । टोल कमिटीका पदाधिकारी र सदस्यहरुलाई नेकपा (एमाले) शिबसताक्षी नगर कमिटी अध्यक्ष मेघाहाङ (रोशन) थोप्राले बधाई तथा शुभकामना मन्तव्य दिनुभएको थियो ।

आगामी ३० वैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचन अन्तगर्त शिबसताक्षी नगरपालिकामा एमालेको आन्तरिक उम्मेद्धवार छनौट कार्यमा सर्वाधिक मतसहित छानिनुभएका थोप्राले नवगठित कमिटीलाई निर्वाचनमा सक्रिय रहनपनि आग्रह गर्नुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *