दमक, २९ चैत–ताजपुरिया समाज कल्याण परिषदको पाँचौ महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको छ । गौरादह-५ मैदानघोपास्थित नमुना पाहुना घरमा आईतबार सम्पन्न महाधिबेशनको बन्दसत्रले पुर्णलाल ताजपुरियाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको महासचिवमा हर्देव ताजपुरिया,उपाध्यक्षमा नन्दलाल ताजपुरिया, महिला उपाध्यक्षमा कल्याणी ताजपुरिया, कोषाध्यक्षमा शैलेन्द्र कुमार ताजपुरिया, उपमहासचिवमा मंगलसिंह ताजपुरिया चुनिएका छन् ।

यसैगरि सदस्यहरुमा गौरसिंह ताजपुरिया, रेणु ताजपुरिया, रमा ताजपुरिया, कालेन्द्र ताजपुरिया, मन कुमार ताजपुरिया, कुन्दन ताजपुरिया र दिलिप ताजपुरिया चुनिएका छन् । बन्दसत्रको प्रथम चरणमा आर्थिक तथा साङ्गठानिक प्रतिवेदन दोस्रो चरणमा बिधान संसोधन र तेस्रो चरणमा कार्य समिति गठन बारे छलफल भएको थियो ।

नेतृत्व चयनका लागि परिषदका निवर्तमान अध्यक्ष गंगाराम ताजपुरियाको संयोजकत्वमा पाँच सदस्यीय एक निर्वाचन समिति गठन गरिएको थियो ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगरको प्रमुख आतिथ्यमा भएको महाधिबेशनमा झापा मोरङ् र भारतको बिहार तथा पश्चिम वंगालबाट सहभागिता जनाएका थिए । त्यसअवसरमा परिषदले समाजका केही युवा प्रतिष्ठित ब्यक्ति,जग्गा दाता, संस्थालाई कार्यक्रममा सम्मान गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *