दमक, २९ चैत–नेकपा (एकीकृत समाजवादी) प्रदेश १ कमिटी सदस्य तथा शसस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्की ५६औं बर्षमा प्रवेश गर्नुभएको छ । दमक–२ स्थित कार्की निवासमा मंगलबार साँझ आयोजित शुभजन्मोसत्व कार्यक्रम तथा नयाँ बर्ष २०७९ को अवसरमा शुभकामना आदान–प्रदान गरिएको छ ।

तिन दशक लामो समय प्रहरी जीवन बिताउनुभएका शसस्त्र प्रहरीका पूर्व एसएसपी कार्की नेकपा (एकीकृत समाजवादी) पदेश कमिटीका सदस्य हुनुहुन्छ । राजनीतिसँगै सामाजिक सेवामा सक्रिय हुनुहुने नेता कार्की खेलकुद क्षेत्रको विकास र प्रवर्दनमा समेत दमकमा सक्रिय हुनुहुन्छ । दमक २ मा रिटायर्ड जीवन बिताइरहनुभएका नेता कार्कीको जन्मोसत्वको अवसरमा एकीकृत समाजवादीका नेता कार्यकर्ताहरु सहभागि भएर शुभकामना व्यक्त गरिएको हो ।

सो कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका इन्चार्ज इन्द्रबहादुर बुडाथोकीले पार्टी प्रदेश कमिटी सदस्य कार्कीलाई सुस्वास्थ्य र दीर्घायु जीवनको कामना गर्दै आउदै गरेको नयाँ बर्ष २०७९ को शुभकामना ब्यक्त गर्नुभएको थियो । नेता बुडाथोकीले लामो समय शान्ति सुरक्षाको क्रममा देश, राष्ट्र र समाजको निम्ति जिम्मेवार पदमा रहेर पुर्याएको योगदानसँगै हालः अवकास जीवन बिताइरहनुभएको प्रदेश कमिटी सदस्य तथा पूर्व एसएसपी कार्कीले नेकपा (एकीकृत समाजवादी) मा पनि महत्वपूर्ण योगदान गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा प्रदेश कमिटी सदस्य केन्द्र प्रसाई, सिताराम आचार्य, जिल्ला कमिटी झापाका सचिव मणि भण्डारी, नगर कमिटी दमकका अध्यक्ष महेश भण्डारीले नेता कार्कीको आगामी राजनीतिक र सामाजिक जीवनमा सफलता र कुशलतासहित नयाँ बर्षको हार्दिक शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा दमक नगर इन्चार्ज हरि नेपाल, टीका प्रसाई, भीम दाहाल, तुलसी निरौला, कमल कटुवाल, जीवन सेढाई, तीर्थ नेपाल, केशब दाहाल, दमक नगर कमिटीका उपाध्यक्ष बिराट जबेगु, अनेरास्ववियूको केन्द्रीय सचिवालय सदस्य तथा पार्टी दमक नगर उपसचिव रोशन भण्डारी, अनेरास्ववियु केन्द्रीय सदस्य तथा दमक नगर कमिटी सदस्य मदन गुरुङ, युवा संघ नेपाल झापाका उपाध्यक्ष प्रवल भण्डारी, युवा संघ दमक नगर अध्यक्ष दिपक भट्टराई, दमक नगर कमिटी सदस्य चन्द्र खड्का, राजु भट्टराई, वडा नं ३ कमिटीका अध्यक्ष किरण भट्टराई, वडा नं ५ कमिटीका अध्यक्ष युवराज घिमिरे, दमक नगरपालिकाका पूर्व इन्जिनियर तीर्थनारायण श्रेष्ठलगायतको नेताहरुको उपस्थिति रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *