काठमाडौं, ३० चैत–पछिल्लो २४ घण्टामा देशभर १९ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

चार हजार ७१५ वटा नमुना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । आज ४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५२० पुगेको छ ।

आज ५६ हजार ७३५ जनाले कोभिड १९ विरुद्धको खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *