एजेन्सी, ४ वैशाख–काठमाडौं स् लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई ३–२ गोल अन्तरले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो।

लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे। इब्राहिमा कोनाटेको नाममा एक रह्यो। सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एक एक गोल फर्काए।

लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *