दमक, १० वैशाख–झापाको कमल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) ले एक कार्यक्रमबीच गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित वडाँ नं २ मा वडा अध्यक्षको उम्मेद्वारी घोषणा तथा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । क्याम्पास्थित बजारमा आयोजित कार्यक्रममा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गाउँपालिकाको अध्यक्षमा होमप्रसाद बराल र उपाध्यक्षमा खगेन्द्र बाराकोटीसहित वडा नं २ को अध्यक्षमा युवा नेता अशोक सुब्बाको नाम उम्मेद्वारीमा घोषणा गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सदस्य तथा जिल्ला कमिटी झापाका सहइन्चार्ज पुष्पराज पोख्रेलले वैसाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष सहित वडा नं २ का अध्यक्षका उम्मेद्वारको नाम घोषणा गर्नुभएको थियो ।
सो क्रममा नेकपा (एमाले) बाट पार्टी परित्याग गर्दै कमल गाउँपालिकाका युवा नेता अशोक सुब्बासहित ७ सय जना बढी स्थानीय नेताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गराइएको थियो । नवप्रवेशीहरुलाई पार्टीका केन्द्रीय सदस्य एबम् कार्यक्रमका प्रमुख अतिथि पुष्पराज पोख्रेल, केन्द्रीय सदस्य निलमणी बराल जिल्ला कमिटी झापाका सचिव एबम् प्रदेश कमिटी सदस्य मणी भण्डारी, जिल्ला उपसचिव एमब् शिबसताक्षी नगर अध्यक्ष नविन इजम, युवा संघ केन्द्रीय सदस्य तथा झापा इन्चार्ज खगेन्द्र बाराकोटी, अनेमसंघ झापाकी अध्यक्ष हरिमाया मैनाली, कार्यक्रमका अध्यक्षता गर्नुहुने नेकपा (एकीकृत समाजवादी) कमल अध्यक्ष होमप्रसाद बराल, अनेरास्ववियु केन्द्रीय सदस्य न्युसन लामिछाने, समाजवादी प्रेष संगठन झापाका उपसचिव पत्रकार गोविन ल्वागुन, युवा नेता राजन थापा लगायतले स्वागत गर्नुभएको थियो ।
सो क्रममा नवप्रवेशी युवा नेता अशोक सुब्बाले एमालेभित्र देखिएका अराजक र अन्यौलताले त्यसपार्टीभित्र बसिरहन नसकेकोले आफु लगायत सयौंको संख्यामा बिद्रोह गर्नुभपरेको बताउनुभयो । वहाँले एमाले पार्टीमा असल र महत्वपूर्ण काम गर्ने कार्यकर्ताहरुको योगदानलाई मुल्याङ्कन नगरेको ठहर गर्दै एमालेको साधरण सदस्यता समेत नरहनेगरी नेकपा (एकीकृत समाजवादीं) मा प्रवेश गरेको बतानुभयो ।
यसअघि, कार्यक्रमस्थल क्याम्पा बजारबाट झण्डै तिन सयको संख्यामा मोटरसाइकल रयाली निकालिएको थियो । सो रयालीले क्याम्पा बजारहुदै वडा नंम्बर २ लाई परिक्रमा गरेर पुर्नःकार्यक्रम स्थल क्याम्पा बजारमा रयाली आइपुगेको थियो ।
कमल गाउँ कमिटी अध्यक्ष होम प्रसाद बरालको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो कार्यक्रममा हरि पराजुलीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन खगेन्द्र बाराकोटीले संचालन गर्नुभएको थियो ।
