दमक, १० वैशाख–आगामी तिन बर्षका लागि दमक मोबाइल व्यवसायी संघको अध्यक्षमा भेनस श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न दमक मोबाइल व्यवसायी संघको चोथो बार्षिक साधारणसभाले भेनस श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो ।

सो संघको उपाध्यक्षमा कबिन श्रेष्ठ, सचिवमा दिपेन्द्र नेपाल, सहसचिवमा मोहन कुमार कट्टेल र कोषाध्यक्षमा शंकर कार्की सर्वसम्मत चयन भएका छन् ।

त्यस्तैं, संघको कार्यसमिति सदस्यहरुमा प्रबल भण्डारी, राजकुमार सुवेदी, केशब श्रेष्ठ, खगेन्द्र चापागाई, पुष्य बराल, अमृत शाह, टिकाराम राई (बिशाल) र पवन शाह चुनिएका छन् ।

भेनस श्रेष्ठको अध्यक्षतामा र दमक उद्योग बाणिज्य संघको अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यतामा चौथो बार्षिक साधारणसभा सम्पन्न भएको हो । संघको चौथो बार्षिक साधारणसभाका लागि दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन भएको थियो ।

सो समितिका सदस्यहरुमा हरि उप्रेती र अमित अग्रवाल रहेका दमक मोबाइल व्यवसायी संघका नवनिर्वाचित सदस्य युवा व्यवसायी प्रबाल भण्डारीले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *