दमक, ११ बैशाख–भलिबल खेलका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक भिष्म उप्रेतीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साधारण सदस्यसमेत नरहनेगरी पाटी परित्याग गरेका छन् । दमक–४ निवासी भलिबलका अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक उप्रेतीले राप्रपामा रहेर स्थानीय क्षेत्रमा लामो समयदेखि जिम्मेवारीमा रहेर काम गरिरहेको तर पछिल्लो समय राप्रपाको गतिविधिप्रति आफुलाई चित्त नबुझेको बताउनुहुदै सो पार्टी परित्याग गरेको बताएका छन् ।
महेन्द्र पुलिस क्लबमा १२ बर्ष लामो समय खेल जीवन बिताएका उप्रेतीले नेपालको तर्फबाट भलिबल खेलमा तिन पटक साफ प्रतियोगितामा सहभागिता जनाएका थिए । १० बर्ष नेपालको तर्फबाट भलिबल खेलमा सदस्यको रुपमा आफनो महत्पपूर्ण समय बिताइसकेका उप्रेतीले अवको जीवन खेल क्षेत्र र सामाजिक सेवामा बिताउने हाम्रोसरोकारसँगको कुराकानीको क्रममा बताउनुभयो ।
हाल, प्रदेश १ स्तरीय भलिबल खेलको प्रशिक्षकको रुपमा रहनुभएका उप्रेतीले आगामी समय नेकपा (एकीकृत समाजवादी) को झण्डामुनी बसेर भलिबल खेलको विकास र प्रवर्दनमा जुट्ने समेत कुराकानीको क्रममा बताउनुभयो ।
