झिलझिले, १२ वैशाख–स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यतिवेला गाउँ चौक र शहर–बजारमा राजनीतिक विषयले विशेष चर्चा पाएको छ । आ–आफ्नो राजनीतिक पार्टी वा आफुले रोजेको व्याक्तिको समर्थनमा प्रचार–प्रसारका अभियानहरु लिएर गाउँ गाउँमा अनि चौक बजार र शहरमा नेता कार्यकर्ताहरु व्यस्त छन् ।

यस्तैं, चर्चा र समर्थनका पत्रहरुबीच झापाको शिबसताक्षी–११ मा नेकपा (एमाले) बाट वडा अध्यक्षका उम्मेद्वार हुन्ः बहादुर आङ्बो । उनी यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं ११ बाट अत्याधिक मतसहित वडा सदस्यमा बिजय भएका थिए ।

उमेरले ३५ बर्ष पुग्दै गरेका बहादुर आङबो राजनीतिक भन्दा सामाजिक व्याक्तित्व हुन् । खासगरी, नेकपा (एमाले) भित्र इमान्दार र निष्ठावान कार्यकर्ताको रुपमा उनको परिचय रहिआएको छ । सरल र मिजाशिलो स्वभावका धनी बहादुर आङबोको वडा अध्यक्षको उम्मेद्वारसँगै यतिवेला शिबसताक्षी नगरभरी चर्चा छाएको छ । नगरको मुख्य केन्द्रको रुपमा अवस्थित दुधे बजार र झिलझिले बजारलाई छुएको यो वडाका अध्यक्षका उम्मेद्वारमा छनौट हुनुलाई राजनीतिक पार्टीले बिशेष अर्थका रुपमा लिने गर्छन् ।

खेलकुद, सामाजिक सेवा, सहकारी संघसस्थाहरुको नेतृत्वदायी भूमिकामा आइरहनुहुने बहादुर आङबोले ३० बैशाखमा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा अत्याधिक मतसहित बिजय हुनेमा स्थानीय बुद्धिजिवीहरु बताउँछन् । युवाहरुबीच होस या बुढापाकाहरुबीच सवै उमेर वा आस्था र बिचाका मान्छेहरुसँग घुलमिल गर्न सक्ने र आफ्ना बिचारहरु राख्न सक्ने क्षमताका धनी बहादुर आङबोलाई वडा अध्यक्षको रुपमा हेर्न खेलकदकर्मी र युवाहरुले चाहाना गरेका छन् ।

बहादुर आङबोसँगै वडाका खुल्ला सदस्यहरुमा पर्शुराम अधिकारी, प्रेमलाल भुजेल, महिला सदस्यमा मेलिना राई र दलित सदस्यमा जुनु मोहोरा छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *