काठमाडौं, १२ वैशाख–नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले विजयी हुने दाबी गरेका छन्।

राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै स्थापितले आफू यसअघि नै परीक्षणमा सफल भएको मान्छे भएकाले दोब्बर मत ल्याउने दाबी गरेका हुन्।

ुउहाँहरुले अलि कम ल्याए मलाई पनि सजिलो हुन्छ, ४० हजार गठबन्धनले ल्यायो भने मैले ८० हजार ल्याउनुपर्‍यो उनले भने, ७० ल्याए १ लाख ४० हजार भोट ल्याउनुपर‍यो। तर डबल त डबल नै ल्याउने हो लेखेर राखे हुन्छ।

ुपंचायतकालदेखि नै कांग्रेसको ४५ हजार स्थायी भोट छ, माओवादीले गत चुनावमा ल्याएको ७ हजार भोट हो। यो दुबै भोट एकैठाउँमा खस्यो भने ५२ हजार भयो समाजवादीको पनि जोड्दा ५५–५८ हजार होला। स्थापितले भने, काठमाडौंका जनताले पहिल्यै ८४ हजार मत दिएको मान्छे हुँ म । त्यसैले गेम इज ओभर।ु

उनले प्रतिष्पर्धा सिस्टम भएकाले मात्रै जित घोषणा गर्न बाँकी रहेका जिकिर गरे। उनले ‘सानातिना विवादले आफूलाई असर नगर्ने’ समेत उल्लेख गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *