दमक, १२ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले झापाको दमक नगरपालिकामा नगर उपप्रमुखसहित तिन वटा वडाहरुमा अध्यक्ष र वडा सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएको छ । उपप्रमुखमा एकीकृत समाजवादीका नगर अध्यक्ष महेश घिमिरेले र दमक २ मा टिकाराम प्रसाई, वडाँ नं ५ मा हरिप्रसाद नेपाल र वडाँ नं १० मा राम लुइटेलले वडा अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् ।

त्यस्तैं, वडा सदस्यहरुमा वडा नं २ मा सुमन अधिकारी, ३ मा किरण भट्टराई, ८ मा कमल कटुवाल, ९ मा रतन चाम्लिङ राई र १० मा हरिकृष्ण पौडेलले नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उम्मेद्वारी दर्ता गरेका छन् ।

वडा नं २ का अध्यक्षका उम्मेद्वार प्रसाई एकीकृत समाजवादी जिल्ला कमिटी झापाका सदस्य हुन् । वडा नं ५ का अध्यक्षका उम्मेद्वार हरि नेपाल दमक नगर इन्चार्ज हुन् । त्यस्तैं, १० नम्बर वडाका अध्यक्षका उम्मेद्वार जिल्ला कमिटी झापाका सदस्य हुन् ।

यता, वडा नं ३ का वडा सदस्यका उम्मेद्वार किरण भट्टराई दमक नगर सदस्य तथा वडा कमिटी अध्यक्ष हुन् । वडा नं ८ का वडा सदस्यका उम्मेद्वार कटुवाल कानून व्यवसायी हुन् । दमक जेसीसका पूर्वअध्यक्ष कटुवाल एकीकृत समाजवादी दमक नगर सदस्य हुन् ।

वडा नं ९ का वडा सदस्यका उम्मेद्वार रतन चाम्लिङ राई अखिल फोर्स दमक नगर अध्यक्ष हुन् भने वडा नं १० का वडा सदस्यका उम्मेद्वार हरिकृष्ण पौडेल एकीकृत समाजवादीका जिल्ला कमिटी झापाका सदस्य र युवा संघका केन्द्रीय सदस्य हुन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *