चन्द्रडाँगी, १३ वैशाख–झापाको शिबसताक्षी नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट उपप्रमुख पदमा उम्मेद्वारी दर्ता गराइसक्नुभएका युवा नेता नबिन इजमको चर्चा बढ्दै गएको छ ।

नेकपा (एकीकृत समाजवादी) नगर अध्यक्ष र जिल्ला सहसचिव इजमले यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा शिबसताक्षी–७ को वडा अध्यक्ष पदमा अत्याधिक मतसहित बिजयपछि सफलताका साथ आफ्नो कार्याकाल बिताइसक्नुभएका छ ।

यता, सोही पदमा एमालेबाट नरमाया कार्की, काँग्रेस–माओवादीबाट महेन्द्र भट्टराई लगायतको उम्मेद्वारी परेको छ ।

स्थानीय क्षेत्रमा समाजिक सेवामा सक्रिय इजम युवाहरुबीच लोकप्रिय हुनुहुन्छ । खेलकुद र साँस्कृतिक क्षेत्रको विकास र संरक्षणमा लामो समयदेखि कार्य गरिरहनुभएका नेता इमजलाई नगरवासीले उपप्रमुखमा बिजय गराउनेमा नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर कमिटी आशावादी छ ।

शिबसताक्षी नगरकै भौगलिक र जनसंख्याको दृष्ट्रिकोणले ठूलो वडाको रुपमा रहेको ७ नम्बरको वडा अध्यक्षसँगै नगरपालिकाको प्रवत्ता समेत भएर काम गर्नुभएको छ । इजमसँगै नगर प्रमुखमा कल्पना न्यौपानेले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

त्यस्तै, एकीकृत समाजवादीको तर्फबाट वडा नम्बर ५ (पाँचगाछी) बाट बिरेन्द्र राजबंशी, ६ बाट सन्तोषकुमार इजम, ७ बाट पुर्णकुमार लावती र ११ बाट मनोजकुमार राईले उमेद्धारीको मनोनयन दर्ता गराएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *