धरमपुर, १४ वैशाख–सामाजिक सेवामा सक्रिय एउटा पात्र हो–झापा शिबसताक्षी–२ मंगलबारेका भीम बहादुर नेम्बाङ । उनी पछिल्लो समय सामाजिक सञ्जाल र स्थानीय गाउँ–टोलहरुमा निकै चर्चामा छाइरहेका छन् । खास, कुरा के हो भने, उनी यसपटकको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट शिबसताक्षी–२ मा वडा अध्यक्षको उम्मेद्वार हुन् ।
उनी, गठबन्धनका साझा उम्मेद्वार हुन् । उनलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनबाट वडा अध्यक्षमा उम्मेद्वार बन्न सफल भएका हुन् ।
उम्मेद्वार भएर मात्रै होइन, उनले गाउँ–टोलमा गरेका महत्वपूर्ण काम र योगदानसहित उनको राजनीतिक र सामाजिक क्षेत्रमा काम गर्ने क्षमताको कारणले चर्चा बढ्दै गएको हो ।
साविकको धरमपुर ५, ६ र ७, अहिलेको शिबसताक्षी–२ मा भीम नेम्बाङको परिचय कुनै नौलो नाम होइन । सरल र मिजाशिलो स्वभावका नेम्बाङको मंगलबारे बजारमा घर परिवार छ । उनले मंगलबारे बजारमा उद्योग व्यवसाय सञ्चालन गरिआएका छन् ।
हालको मंगलबारृे बजारको मुहारमा परिवर्तन ल्याउन नेम्बाङको विशेष भूमिका छ । उनकै अथक योगदानले मंगलबारे बजारमा टहरा बन्यो । उनकै योजनाले बजार र हाँट खोलामा व्यवस्थित टहरा र ढलसहित टायल ओच्छ्याइयो । त्यति मात्रै होइन, उनको योजनामा रात्रीकालिन बिजुली बक्ति बल्न सम्भव भयो ।
त्यसो त, मंगलबारे बजार आसपासका क्षेत्रमा बिजुली बक्ति, सडकमा ग्राभेल र स्तरन्नोतीका कार्यहरुमा उनको अग्रसरतामा भएको छ भन्दा फरक नपार्ला । अझै, गाउँ टोलमा बिरामी भएर उपचारमा आर्थिक समस्या भयो, कसैलाई उपचारमा रगत वा आर्थिक सहयोगको निम्ति उनको आवश्यकता पर्ने गर्दछ ।
व्यवसाय र परिवारसँगको समयलाई छुट्याएर उनको सवै समय सामाजिक सेवामा बित्न गर्दछ । बिगतमा अनेकौ खालको उत्ताव र चढापहरु भएपनि पछिल्लो समय उनको जीवन सकारात्मक कार्यमा बितिरहेको छ ।
अघिल्लो पटक अर्थात ०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा अत्यन्तै कम संख्याको अन्तरले उपबिजेता बन्न सफल युवा नेता भीम नेम्बाङले यस पटकको निर्वाचनमा त्यो पुरानो अनुभव र पाठबाट अध्यक्ष पदमा निर्वाचिन हुनेमा ढुक्क छन् । उनी निर्वाचनको समयमा गाउँ घरमा पुगेर आफ्नो परिचय दिइरहनु नपर्ने बताउँछन् । म यसअघिको निर्वाचनमा उपबिजेता भए, नेम्बाङले भने–मतदानमा पाएको त्यो ठूलो अभिमतले मलाई समाजमा काम गर्ने हौसल्ला र प्रेरणा पुग्यो । त्यसैले म उनै वडावासीहरुको घर दैलोमा पुगिरिहे । साह्रो अनि गाह्रोमा साथ दिइरहे । निरन्तर उनीहरुको पक्षमा काम गरिरहेको छु ।
उनी भन्छन्–’म राजनीति भन्दा सामाजिक सेवातर्फ रुची राख्छु ।’ सामाजिक सेवामा आफुलाई रमाउन खोजिरहेको मान्छेले राजनीतिकमा अवसर पाए । त्यो अवसरलाई यसपटकको स्थानीयत तहको निर्वाचनमा सदुपयोग गर्दै थप जिम्मेवार बनाउन वडावासीहरुलाई नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्ह हसियाँ र हटौडामा मतदान गर्न आग्रह गरेका छन् ।
