धरमपुर, १५ वैशाख–वडा र नगरभित्र विकास योजना ल्याउन र त्यसको नेतृत्व गर्न सक्ने क्षमताका पात्र हुन्ः दुर्गा नेम्बाङ । झापाको शिबसताक्षी–१ धरमपुर चर्चाबारी निवासी उनै नेम्बाङले धरमपुर लगायत आसपासको क्षेत्रमा अनेकौ योजनाहरु ल्याउन र त्यसलाई सफल बनाएका छन् ।

नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटी लगायत सो पार्टी सम्बद्ध विभिन्न संघसंगठनहरुमा रहेर सक्रिय राजनीतिक जीवन बिताइरहेका छन् दुर्गा नेम्बाङ । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विकासप्रेमी युवा नेता नेम्बाङलाई माओवादी केन्द्रले यस पटक शिबसताक्षी–१ मा वडा अध्यक्षको पदमा अघि बढाएको छ ।

सडक निर्माण, सडकको स्तरन्नोती, विद्युत विस्तार, विद्युतको क्षमता बृद्धि, सञ्चार माध्यम (टेलिफोन मोबाइल) को पहुँच र त्यसको विस्तार लगायत कमल खोलाको बाढी नियन्त्रण, कमल खोलाबाट हुने कटानको रोकथाम, पुल, खानेपानीको व्यवस्थापन र स्थानीय समुदायबीचमा आर्थिक र राजनीतिक अधिकारका निम्ति उनले अथक योगदान गरेका छन् ।

लामो समय काठमाण्डौंमा बसोबास गरेर आफ्नो गाउँ फर्केर सामाजिक सेवामा सक्रिय नेम्बाङले यसअघि (२०७४) को निर्वाचनमा समेत अध्यक्षको उम्मेद्वारी दिएका थिए । त्यो समयमा उनी आफ्नो गाउँ फर्केर आएको छोटो समय थियो । यस पटक उनले आफ्नो वडाभित्रको सवै टोल टोलमा अनि घर दैलोमा र घर परिवारसँग घुलमिल गरिसकेको छन् ।

समस्या, अभाव र सामाजिक क्रियाकलापका कार्यहरुमा उनको उपस्थिति र सहभागिताले यस पटक उनको उम्मेद्वारीले वडाअध्यक्षको रुपमा बलियो उम्मेद्वार भन्न सकिन्छ । उनीसँगै सोही वडामा नेकपा (एमाले) बाट लक्ष्मी चेम्जोङ र नेपाली कांग्रेसबाट रमेश कुमार राईको उम्मेद्वारी परेको छ । यी उम्मेद्वारीहरुबीच दुर्गा नेम्बाङ बलियो र क्षमतावान नेतृत्व हुन् ।

उनको केन्द्रीय वा संघीय सरकार वा प्रदेश सरकारका मन्त्रालयमा पहुँच छ । अर्थात, उनको सोझो सम्पर्क पुग्छ । मन्त्रालयहरु होस या अन्य सेवा उपलब्ध गराउने प्रशासनीक कार्यालयमा उनको राम्रो सम्बन्ध छ ।

नेम्बाङको तुलनामा चेम्जोङ र राईको पहुँच प्रदेश र संघीय सरकारसँग पुग्र्दैन । सामाजिक सञ्जालहरुमा होस या सामाजिक गतिविधिहरुमा चेम्जोङ र राई भन्दा नेम्बाङ अब्बल छन् ।

तत्कालिन प्रदेश सांसद हाल प्रदेश कृषि मन्त्रीका स्वकीय सचिव समेत भएर काम गरिसकेका नेम्बाङले वडावासीहरुलाई विकास र समृद्धिको सपनाहरु मात्रै होइन, काम गरेर देखाउन पनि सफल हुनेमा वडावासीहरु ढुक्क छन् ।

त्यसो त, नेम्बाङको पहलमा धरमपुर चौकमा सडकको चौढाले आकार लियो । त्यहाँ अव्यवस्थित बिजुलीका तार र इन्टरनेट कम्पनीका तारहरुले धरमपुर बजारको सुन्दरतालाई कुरुप बनाइरहेको थियो । यी सवैको व्यवस्थापनमा उनको भूमिका थियो ।

त्यस्तैं, लक्ष्मी नारायण माध्यमिक विद्यालय पश्चिम कमल खोलामा झोलुङ्गे पुल निर्माण गर्न योजना ल्याउन उनको नेतृत्वमा भएको हो । धरमपुरमा सिचाईको व्यवस्था गर्न, बिजुलीको प्रवन्ध गर्न, तार र पोल विस्तारमा उनको महत्वपूर्ण योगदान छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *