धरमपुर, १६ वैशाख–स्थानीय निर्वाचनलाई लक्षित गरेर झापाको शिबसताक्षी–२ मा नेपाली कांग्रेस पार्टीको तर्फबाट वडा अध्यक्षसहित खुल्ला सदस्य पदमा एक जनाले उम्मेद्वारी दिएका छन् । स्वतन्त्र उम्मेद्वारीसहित नेपाली कांग्रेस पार्टी वडाँ नं २ समितिले आज मंगलबारे बजारमा वृहत कार्याकर्ताहरुबीच चुनाव प्रचार प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ ।
कार्यालय उद्घाटनको क्रममा कांग्रेसका वडा सभापति एबम् अध्यक्ष पदका स्वतन्त्र उम्मेद्वार काजीमान बुडाथोकीले कांग्रेस कार्याकर्ताहरुको भावना र बिचारप्रती सम्मान व्यक्त गर्दै स्वतन्त्र उम्मेद्वारी दिएको बताए । उनले नेपालको राजनीतिक पार्टीहरुबीच कांग्रेसको इतिहास पुरानो भएको बताए ।
लामो समयदेखि कांग्रेस कार्याकर्ता भएर सामाजिक सेवामा सक्रिय वडा अध्यक्षका उम्मेदवार बुडाथोकीले वडावासीलाई असल र योग्य व्याक्तिलाई मतदान गर्न आग्रह गरे । फर्निचर व्यवसायी समेत रहनुभएका कांग्रेस शिबसताक्षी–२ का सभापति बुडाथोकीले स्थानीय पार्टी कार्याकर्ताहरुको भावनाप्रती नेतृत्वले खेलवाँड गरेकोमा दुखेसो पोखे । उनले वैशाख ३० गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेद्वारलाई बिजय गराउन समेत सो क्रममा वडावासीहरुमा आग्रह गरे । सोही क्रममा वडा सदस्य पदका उम्मेद्वार राजेन्द्र ढुंगानाले समेत सहभागिहरुलाई सम्बोधन गरेका थिए ।
कार्यालय उद्घाटनमा कांग्रेस नेता सिताराम बास्तोला, बाबुलाल मर्डी, बासुदेब गुरागाई, खडानन्द घिमिरे, नेत्र बिमली, प्रकाश अधिकारी, खगेन्द्र गुरुङ, गीता न्यौपाने, धनबहादुर बस्नेत, बिभा गुरुङ लगायतका नेताहरुको सहभागिता थियो । कार्यालय उद्घाटन गर्नुअघि उम्मेद्वार र सयौंको संख्यामा कार्याकर्तासहित पञ्चे बाजा गाजा बजाएर कांग्रेस कार्याकर्ताहरुले मंगलबारे बजार परिक्रमा गरेका थिए ।
स्मरणरहोस शिबसताक्षी नगरपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले नगरको वडाहरुमा साझा उम्मेद्वारी तयारी गरे पनि वडा नं २ मा काँग्रेसले गठबन्धनको अबज्ञा गरेको छ ।
