दमक, १६ वैशाख–झापाको दमक नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले स्थानीय निर्वाचनको प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ । एकीकृत समाजवादी दमक नगर कमिटीले नगरको सवै वडाहरुमा वडा र टोल स्तरीय ढंङ्गमा प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिब्र बनाइरहेको नेकपा (एकीकृत समाजवादी) दमक नगर उपसचिव एबम् युवा/बिद्यार्थी नेता रोशन भण्डारीले जानकारी दिए ।

निर्वाचनको प्रचार प्रसार र घरदैलोको क्रममा नगरको वडा नं २ मा आज नगर उपप्रमुखको उम्मेद्वार र वडा अध्यक्षसहित खुल्ला तर्फको सदस्यका उम्मेद्वारहरु मतदाताहरुबीच पुगेका थिए । नगर उपप्रमुख पदमा उम्मेद्वार दिनुहुने एकीकृत समाजवादी दमक नगर कमिटी अध्यक्ष महेश घिमिरे, वडा अध्यक्ष पदका उम्मेद्वार टीकाराम प्रसाई र खुल्ला तर्फ सदस्य पदका उम्मेद्वार सुमन अधिकारीले वडाभित्र घर दैलो गरेका छन् ।

सो क्रममा उम्मेद्वारहरुले मतदाताहरुबीचमा नेकपा (एकीकृत समाजवादी) ले अघि सारेका राष्ट्रिय गौरबका कार्यक्रम र एजेण्डाहरुका बारेमा छलफल गरेका थिए । त्यस्तै, उम्मेद्वारहरुले दमकमा पार्टीको तर्फबाट गरिएका प्रतिबद्धताहरुलाई समेत मतदाताहरुसँग छलफल गरेका थिए ।

यता, दमक–३ मा वडा सदस्यका उम्मेद्वार किरण भट्टराईले वडाभित्रका गाउँ टोलमा घर दैलो अभियानलाई निरन्तरता दिइरहेका छन् । वडा सदस्य पदमा मात्रै उम्मेद्वार दिएको एकीकृत समाजवादीले स्थानीय राजनीतिक दलहरुसँग छलफल र सहमतीमा अन्य पदका उम्मेद्वारलाई मतदान गरिने योजना बनाएको छ ।

त्यस्तैं, दमक–५ मा वडा अध्यक्षका उम्मेद्वार हरि नेपालले पनि घर दैलो र भेटघाटका कार्यक्रमलाई तिब्र बनाएका छन् । जिल्ला कमिटी सदस्य तथा दमक नगर इन्चार्ज समेत रहनुभएका वडा अध्यक्ष पदका उम्मेद्वार नेपालले वडा नं ५ का मतदाताहरुमा पार्टीले अबलम्बन गरेका निती, बिचार, सिद्धान्त र निर्वाचनका निम्ति मतदाताहरुसँग अघि बढाएका योजना र कार्यक्रमहरुको बारेमा छलफल गरिरहेका छन् ।

दमक–८, दमक ९ र दमक १० मा समेत पार्टीका तर्फबाट उम्मेद्वारहरुले घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढिरहेको नेकपा (एकीकृत समाजवादीं) दमक नगर कमिटील्े जनाएको छ ।

दमक १० मा वडा अध्यक्ष सहित अन्य तिन सदस्य पदमा उम्मेद्वारी दिइएको छ । अध्यक्षमा राम लुइटेल, खुल्ला सदस्य पदमा हरिकृष्ण पौडेल र सुवास सुवेदीले उम्मेद्वारी दिएका छन् । लुइटेल जिल्ला सचिवालय सदस्य हुन् भने पौडले पार्टी जिल्ला सदस्य युवा संघ केन्द्रीय सदस्य हुन् ।

त्यस्तैं, सुवेदी पार्टीको प्रदेश कमिटी सदस्य हुन । उनी, बिबेकशिल साझा पार्टीका प्रदेश अध्यक्ष थिए । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा उम्मेद्वारी दिएका थिए । युवाहरुबीच लोकप्रिय युवा नेता सुवेदीलाई बौद्धिक व्याक्तित्वमा हेरिन्छ ।

दमक ८ मा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट वडा सदस्य पदका उम्मेद्वार कमल कटुवालसहित पाटी दमक नगर कमिटीले वडा स्तरीय घर दैलो कार्यक्रम सञ्चालन गरिहेका छन् । दमक जेसिजका पूर्व अध्यक्ष समेत रहिसक्नुभएको कटुवाल नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी सदस्य हुन् ।

त्यसैगरी, दमक ९ मा वडा सदस्य पदमा रतन चाम्लिङ राईले उम्मेद्वारी दिएका छन् । नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी सदस्य तथा अखिल फोर्स दमक नगर अध्यक्ष रतन चाम्लिङ राईको उम्मेद्वारीलाई बिशेष अर्थमा हेर्न गरिन्छ । बिद्यार्थी र युवाहरुबीच स्थापित नेता रतन चाम्लिङ राईले मतदाताहरुबीचमा पुगेर भेटघाट गर्ने अभियानलाई तिब्र बनाएका छन् ।

पार्टीले स्थानीय निर्वाचनप्रती लक्षित गरेर दमक–१० मा निर्वाचन प्रचार प्रसार सहित सम्पर्क कार्यालय स्थापना गरेको छ भने दमक–२ मा यसअघि नै वडा स्तरीय चुनाव प्रचार प्रसार तथा सम्पर्क कार्यालय सञ्चालनमा आइसकेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *