दमक, १७ वैशाख–आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरुले मतदाताहरुबीचमा आ–आफ्नो प्रचार प्रसार र घरदैलो कार्यक्रमलाई तिब्र बनाइरहेको छ । यसैबीच, झापाको दमक नगरपालिका वडा नं ९ मा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट खुल्ला सदस्य पदमा उम्मेद्वारी दिनुभएका रतन राईले वडावासी मतदाताहरुको घरदेलो र भेटघाट गर्ने कार्यक्रमलाई तिब्र बनाउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटी सदस्य तथा अखिल फोर्स दमक नगर अध्यक्ष समेत रहनुभएका रतन राईले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा खुल्ला सदस्य पदमा उम्मेद्वारी दिनुभएको हो । सरल र मिजाशिलो स्वभाव भएका राईले दमक ९ मा युवाहरुको प्रतिनिधित्व गर्दै वडावासीको सेवा गर्ने उदेश्यले उम्मेद्वारी दिए, युवा नेता राईले भन्नुभयो ।

युवा र विद्यार्थीहरुबीच लोकप्रिय युवा नेता राईले यस पटकको स्थानीय तहको निर्वाचनमा वडावासीहरुले अवसरको रुपमा म प्रती मतदान गर्नुभए, वडामा युवा र विद्यार्थीहरु केन्द्रीत कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नूभयो ।

साविकको दमक–१५ निवासी राईको घर चन्द्रमा चौकमा पर्दछ । बुबा डम्बर बहादुर राई र आमा बिन्द्रकुमारी राईका पुत्ररत्न रतन राईले दमक बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको हो । पाणिनी माध्यमिक विद्यालयबाट एसएलसी उर्तिणपछि राईले दमक बहुमुखी क्याम्पसमा अध्ययन गर्नुभयो ।

दमकमा होटल ब्यवसाय गर्नुहुने रतन राईले दमक ९ को वडाको खुल्ला सदस्य पदमा अत्याधिक मतसहित निर्वाचित गर्नका लागि नेकपा (एकीकृत समाजवादी) को कमल चिन्हमा मतदान गर्न वडावासी आमा बुबा तथा दाजुभाई र दिदीबहिनीहरुलाई आग्रह गर्नुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *