पाडाजुङ्गी (कमल), १७ वैशाख–स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु आ–आफ्ना एजेण्डाहरु लिएर मतदाताहरुको घरदैलोमा पुगिरहेका छन् । जनताका निम्ति काम गर्ने अठोट र प्रतिबद्धताहरुसहित दलका उम्मेद्वारहरुले मतदाताहरुलाई आफुतर्फ आर्कषण गर्न महत्वकाक्षी एजेण्डाहरुसमेत लिएर आइरहेका छन् । ति एजेण्डाहरुको बारेमा जनताले आगामी समयमा हेर्न र त्यसको मुल्याङकन गर्न भने बाँकी नै छ, यद्धपी अहिले दलहरुले मतदाताहरुबीचमा झुठा सपनाहरु देखाइरहेका त छैनन् ? यसबारे मतदाताहरु समयमै सचेत हुन जरुरी छ ।

यसैबीच, झापाको कमल गाउँपालिकामा दलहरुले आ–आफ्ना कार्यक्रमहरु मार्फत मतदाताहरुको घर दैलोमा पुगेर मत मागिरहेका छन् । दलहरुका उम्मेद्वारले निर्वाचित भएर आएको खण्डमा गर्ने कार्यक्रमहरु प्रतिबद्धता पत्रमा उल्लेख गरेर मतदाताहरुलाई लोभ्याउने योजनामा छन् ।

कमलमा सत्तारुढ गठबन्धन दलबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका नेता हुकुमसिहं राईलाई उम्मेद्वार बनाएको छ । यता, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले गाउँपालिका अध्यक्ष पदमा भीम राईलाई अघि सारेको छ । त्यस्तैं, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्टिय एकता पार्टी र नेपाल समावेशी पाटीैको संयुक्त पहिचान र संघीयवादी गठबन्धनबाट गाउँपालिका अध्यक्ष पदमा अशोक घिमिरे उम्मेद्वार बन्नुभएको छ ।

यी सवै दलहरुका अध्यक्षका उम्मेद्वारहरुले कमल गाउँपालिकाको आगामी मुहार परिवर्तनतर्फ महत्वपूर्ण योजनाहरु कागजमा लिपिबद्ध गरेका छन् । यी कागजी योजनाहरु भोली कति पुरा होला या नहोला, त्यो भोलीको कुरा हो तर खासगरी ठूला दल कांग्रेस र एमालेले पटक पटक राज्यको नेतृत्व गरिरहेको र त्यसको मुल्याङकन कमलवासी मतदाताहरुले गर्नुपर्ने दिन आएको अध्यक्ष पदका उम्मेद्वार अशोक घिमिरेले बताए ।

आदिवासी जनजातिको पक्षमा लामो समयदेखि सर्घषरत घिमिरेले कमल गाउँपालिकाको पाडाजुङ्गीस्थित शसस्त्र प्रहरी चौकमा अवस्थित आदिवासी जनजाति रङ्गसालाको नाम परिवर्तनको बिरुद्धमा आन्दोलनमा होमिएका एक नेता हुन् । उनी, लोसपा, राष्ट्रिय एकता पार्टी र नेपाल समावेसी पार्टीको साझा उम्मेद्वार हुन् ।

अध्यक्ष पदका उम्मेद्वार घिमिरेका अनुसार कमल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदसहित वडा नं ४ मा वडा अध्यक्ष पदमा दिलिप कुमार निङलेकु, र वडा नं ५ मा वडा अध्यक्ष पदमा निर्मला आङदम्बेको उम्मेद्वारी रहेको छ । त्यस्तैं, सो पार्टीको तर्फबाट वडा नं २ मा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष पदका उम्मेद्वार अशोक सुब्बालाई सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार घिमिरेले जानकारी दिनुभयो ।

अध्यक्ष घिमिरेद्वारा कमल गाउँपालिकाको सन्तुलन कायम राख्न प्रतिबद्धताहरु ।
१) सबैजातिको बहुभाषालाई सरकारी कामकाजको रुपमा ल्याउने
२) इतिहासकै पहिलो बहुधार्मिक मन्दिर निर्माण
३) किरात लिपि भाषालाइ सरकारी कामकाजको भाषा प्रयोग मा ल्याउने
४) समान ढंगबाट सबै धर्मलाइ प्रोत्साहन गर्ने र मठमन्दिर निर्माणकार्यमा प्रत्यक्ष सहयोग दिने
५) गाउँ पालिका भित्र बिजुलीमा ४०५ सहुलियत दिने
६) रिङ्ग रोडको स्थापना गरि चौबीसै घण्टा यातायात ब्यबस्थापन साथै निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने
७) सुकुम्बासी तथा भुमिबिहिनहरुलाइ तत्काल ब्यबस्थापन गर्ने र छानबिन गरि धनीपुर्जा दिलाउने
८) गाउपालिका भित्र उत्पादनलाई बढाउने र युवालाइ प्राथमिकताको साथ ब्यबहारिक अनि व्यावसायिक बनाउन प्रोत्साहन सहित अनुदान दिने
९) गाउपालिकालाइ हरियाली, सुन्दर र स्वच्छ बनाउन सबै वार्डमा परियोजना ल्याउने
१०) कमल गाउपालिका भित्र रोकिएर रहेका कमलको सान आदिवासी रंगशाला निर्माणकार्य सम्पन्न गर्ने
११) सुरक्षाको दृस्ठिकोणमा कमल गाउपालिका भित्र सिसिटिभी जडान गर्ने र सुरक्षामा रहेका सबै निकायलाइ ब्यबस्थापन गर्ने

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *