झिलझिले, १७ वैशाख–शिवसताक्षीका ११ जना उम्मेद्वारहरुले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन् । बैसाख ३० गते हुने स्थानीयतहको निर्वाचनका लागि शिवसतक्षीका उम्मेद्वारहरुले आफ्ने उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

शिवतसाक्षीमा नेकपा एकीकृत समाजबादीका नगरप्रमुख पदका उम्मेद्वार कोपिला न्यौपानेले आफ्नो उम्मेद्वारी फिर्ता गरेकी छिन् ।

शिवसताक्षीको वडा नं १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महिला सदस्य मनमाया नेम्वाङ्ग, वडाध्यक्ष दिलबहादुर लिम्बु, नेपाली कांग्रेसका सदस्य पेमा स्याङबो तामाङ, कुमार शंकरले आफ्नो उम्मेद्वारी फिर्ता गरेका छन् ।

त्यस्तै, वडा नं ४ बाट जनता समाज पार्टी वडाध्यक्षका उम्मेद्वार गोपाल प्रसाद ताजपुरिया, महिला सदस्य मिलनसरी ताजपुरिया र नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वार नरबहादुर लिम्बुले पनि आफ्नो उम्मेद्वारी फिर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नं ५ मा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सदस्यतर्फका उम्मेद्वार रोहन थेगिमले पनि उम्मेद्वारी फिर्ता गरेको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मेयर पदमा नेकपा एमालेबाट मेघाहाङ थोप्रा रोशन, नेपाली कांग्रसबाट पर्शुराम ढुंगाना, राष्ट्रिय जनमुक्तिबाट देबीकुमार शेर्मा, संघिय लिम्बुवान राष्ट्रिय मञ्चबाट प्रकाश लिङदेन, उन्नत लोकतान्त्रिक पाटीबाट डाक्टर रामकृष्ण ताजपुरिया, र जनता समाजबादीबाट पवन चाम्लिङले उम्मेद्धारी कायम रहेको अधिकृत पौडेलले बताए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीबाट मणीप्रसाद खड्का र मौलिक जरो किलोपाटीबाट उमाकान्त सिटौला, स्वतन्त्र योगनिधी अधिकारी, उमेद्धारी कायम रहेको छ ।

त्यस्तै उपमेयर, नेकपा एमालेबाट नरमाया कार्की, नेकपा माओबादी केन्द्रबाट महेन्द्र भट्टराई एकीकृत समाजबादीबाट नबिन इजम राष्ट्रिय जनमुक्तिबाट भिमकुमारी योङहाङ, उन्नत लोकतान्त्रिक पार्टीबाट, श्रृजना मैनाली राष्ट्रिय प्रजातन्त्रपाटीबाट बिष्णुमाया चम्लागाई रोजीको उमेद्धारी कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *