चन्द्रडाँगी (शिबसताक्षी), १८ वैशाख–झापाको शिबसताक्षी नगरपालिकामा नगर उपप्रमुखसहित नगरको सवै वडाहरुमा अध्यक्ष र वडा सदस्य पदमा उम्मेद्वारी दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) चुनाव प्रचार प्रसार समितिले वडा स्तरीय घर दैलो र भेटघाटका कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ ।

नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर कमिटीका सचिव शान्तिराम न्यौपानेका अनुसार आज (आइतबार) नगर उपप्रमुख पदका उम्मेद्वार नबीन इमजसहित वडा नं ५ मा वडा अध्यक्ष पदका उम्मेद्वार बीरेन्द्र प्रसाद राजवंशी, खुल्ला सदस्यतर्फका उम्मेद्वार दिनेशकुमार यादब, मोहन राज पाण्डे र महिला सदस्य पदका उम्मेद्वार बिमला कुमारी ताजपुरियाले आज वडाभित्रका चौक, गाउँ टोलमा घर दैलो गर्नुभएको छ ।

यसखघि, वडा नं ५ निर्वाचन परिचालन तथा प्रचार प्रसार कार्यालय स्थापना गरेर वडाभित्रमा चुनावी कार्यक्रमलाई तिब्रता दिइएको वडा अध्यक्षका उम्मेद्वार समेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी–५ का अध्यक्ष बीरेन्द्र प्रसार राजवंशीले जानकारी दिनुभयो । राजवंशीका अनुसार वडाभित्रको मुख्य मुख्य चौक र सडकहरुमा कलम चिन्हको झण्डाहरु राख्ने, उम्मेद्वारले मतदाताहरुबीच भेटघाट र परिचय गर्ने अभियानहरु गरिदै आइरहेको छ ।

आदीवासी समुदायको उच्च बसोबास रहेको शिबसताक्षी–५ साविकको पाँचगाछीमा एकीकृत समाजवादीको उम्मेद्वारहरुप्रती वडावासीहरुले ठूलो आशा र भरोषा गरेका वडा अध्यक्षका उम्मेद्वार राजवंशीले बताउनुभयो । युवा नेता राजवंशीले यस पटकको निर्वाचनमा एकीकृत समाजवादीका युवा उम्मेद्वारहरुलाई नेतृत्व गर्ने अवसर दिनुहुनेमा आशा ब्यक्त गर्नुभयो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *