दमक, १८ वैशाख–दमक ९ मा नेकपा (एकीकृत समाजवादी) ले चुनावी प्रचार प्रसारका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । सो वडामा पार्टीका तर्फबाट खुल्ला सदस्य पदमा युवा विद्यार्थी नेता रतन राईले उम्मेद्वारी दिनुभएको छ ।
दमक बहुमुखी क्याम्पस मोडमा अवस्थित चुनावी प्रचार प्रसार कार्यालयको स्थापनासँगै सो कार्यालयबाट दैनिक कार्य सम्पादन गरिने नगर कमिटीका अध्यक्ष एबम् दमक नगर उपप्रमुखका उम्मेद्वार महेश घिमिरेले जानकारी दिनुभयो । साविकको दमक–१४, १५ र १६ वडालाई समेटेर हालः दमक–९ बनाइएको छ ।
एकीकृत समाजवादी दमक नगर कमिटी सदस्य तथा पार्टी सम्बद्ध अखिल फोर्सका दमक नगर अध्यक्ष रतन राईले युवालाई अवसरको रुपमा मतदान गरेर जनप्रतिनिमा बिजय गराउन दमक–९ का सम्पूर्ण वडावासीहरुलाई आग्रह गर्नुभयो ।
पाणिनी माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गरि दमक बहुमुखी क्याम्पसमा अध्ययनरत रतन राईको उम्मेद्वारीले युवाहरुबीचमा चर्चा पाएको छ ।
होटल ब्यवसायमा लामोसमयदेखि कार्यरत राईले दमक ९ को मुहार परिवर्तनका लागि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कमल चिन्हमा मतदान गरेर बिजय गराउन समेत आग्रह गर्नुभयो ।
