भक्तपुर, २० वैशाख–आफ्नै घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका-८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकोमा उपचारको क्रममा कुसाथाको मृत्यु भएको उनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *