धरमपुर, २० वैशाख–झापाको शिबसताक्षी–२ (साविकः धरमपुर–५, ६ र ७) मा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), रा्रपपा र स्वतान्त्र उम्मेद्वारबीचमा कडा प्रतिस्पर्धा हुने भएको छ । माओवादीसहित नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) को संयुक्त गठबन्धनद्वारा भीम नेम्बाङलाई वडा अध्यक्षमा साझा उम्मेद्वार बनाएको छ भने एमालेबाट प्रदिप चिमोरिया, राप्रपाबाट डिबी बोहोरा र कांग्रेसको एक समुहबाट बिद्रोह गरेर काजीमान बुडाथोकी अध्यक्षका उम्मेद्वार छन् ।
चिमोरिया एमालेबाट वडा अध्यक्षको उम्मेद्वार बनिरहदा अनेकौ बाद र बिबाद उत्पन्न भएका थिए । उनी वडामा तेस्रो पुस्ताका नेता हुन् । अघिल्लो पटक वडा अध्यक्षमा आफ्नो नाम आइरहदा समस्या सामाधानको निम्ति सहमतिका प्रयास गरेका एमाले वडा न २ का पहिलो पुस्ताको नेता थिए दिपेश राई । उनै राईले यस पटक टिकट नपाएपछि अन्तरािष्ट्रय श्रमिक दिवसको अवसर पारेर एमाले परित्याग गरेका छन् । उता, हाल वहालवाला वडा सदस्य र वडा अध्यक्षका टिकटका मुख्य दाबेदार मानिने कुमार राईपनि चिमोरियाको नामप्रती सन्टुष्ट छैनन् ।
उता, कांग्रेस राजनीतिबाट राप्रपामा प्रवेश गरेका बोहोरा राप्रपाबाट वडा अध्यक्षको उम्मेद्वारमा टिकट पाएका छन् । उनी कांग्रेसका सक्रिय युवा नेता हुन् ।
त्यस्तैं, कांग्रेस गठबन्धनमा बाधिएर माओवादीका नेतालाई वडा अध्यक्षमा उम्मेद्वार बनाएको बिरोध गर्दै कांग्रेसका एक समुहले काजीमान बुडाथोकीलाई वडा अध्यक्षको उम्मेद्वार बनाएका छन् । उनले स्ववन्त्र उम्मेद्वारको रुपमा चुनाव चिन्ह पाएका छन् ।
यता, संयुक्त गठबन्धनबाट वडा अध्यक्षको उम्मेद्वार बनेका नेम्बाङको चुनावी प्रचार प्रसारका कार्यक्रम वडा स्तरीय र टोल स्तरीय बनिरहेको छ । नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटी सदस्य तथा वाइसियल प्रदेश कमिटी सदस्य भुवन राईका अनुसार वडा अध्यक्षका उम्मेद्वार नेम्बाङसहितको पाँचै जनाको टिमले वडाभित्र घर दैलोका कार्यक्रमलाई तिब्र बनाएका छन् ।
वडाभित्र तिनवटा टोलका रुपमा बिभाजन गरेर टोल स्तरीयका मतदाताहरुबीच भेटघाटका कार्यक्रम सञ्चालन गरिरहेको छ । मतदाताहरुलाई उम्मेद्वारका प्रतिबद्धताहरु र गठबन्धन दलको तर्फबाट साझा अवधारणाहरु बुझाउने कार्य भइरहेको नेता राईले बताए ।
मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका नेम्बाङले स्थानीय क्षेत्रमा सामाजिक योगदान गरिरहनुभएको छ ।
