बिर्तामोड, २० बैशाख–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा एमालेको बिजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । । झापाका विभिन्न स्थानमा सम्बोधन गर्दै उनले झापा लालकिला हुने दावी गरे ।

झापाको हल्दिबारी १ गोलधापमा नेकपा एमालेले आज आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको जीत रोक्ने कसैसंग हिम्मत ,साहस नभएको तर्क राखे । जनताले एमालेलाई जिताउने उनको भनाई थियो ।
उनले एमाले नेतृत्वमा मात्रै बिकास सम्भव भएकाले बिकास र समृद्धिका लागि पनि एमालेलाई बिजयी गराउनु पर्ने खाँचो भएको जिकीर गरे ।

एमाले विरुद्ध बनाइएको गठबन्धनले एमाले हराउछु भन्ने सोच नबनाए हुन्छ, अध्यक्ष ओलीले भने–‘ दुई होस या पाँच दल होस, एमालेले कराककुरुक बनाईदिन्छ ।’
उनले झापाको हल्दिबारीमा एमालेको जीत सुनिश्चित भएको भन्दै ओलीले यहाँको बिकासका लागि जिम्मेवार हुने पार्टी मात्र एमाले भएको बताए ।

आफू हल्दिबारी नै किन आएको हुँ भने यहाँको बिकासको जिम्मा लिन आएको भन्दै उनले भने–‘अध्यक्ष डम्बर गिरी,उपाध्यक्ष शान्ता गौतमसहित सबै एमालेका उम्मेदवारलाई जिताईदिन आग्रह गर्दछु ।’

कार्यक्रममा एमाले उपाध्यक्ष सुवास नेम्वाङ, झापा इन्चार्ज अग्नि खरेल, अध्यक्ष पदका उम्मेदवार गिरीले सम्बोधन गरेका थिए ।

ओलीले भद्रपुर, हल्दिबारी, धुलाबारी र बिर्तामोडका चुनावी सभालाई समेत सम्बोधन गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *