गौरादह, २१ वैशाख–स्थानीय तहको निर्वाचन यहि वैशाख ३० गते शुक्रबार देशभरी एकसाथ हुदैछ । निर्वाचनको मिति नजिकिदैगर्दा राजनीतिक दलहरुले आ–आफ्ना चुनावी घोषाणपत्र लिएर मतदाताहरुबीचमा घरदैलो र भेटघाटका कार्यक्रमलाई तिब्र बनाएका छन् ।

झापाको गौरादहमा मुख्यगरी नेकपा (एमाले), गठबन्धन दल, राप्रपा र नेकपा (एकीकृत समाजवादी) बीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । गौरादहमा दलहरुले नगर प्रमुख र उपप्रमुखसहित नगरको सवै वडाँहरुमा वडा अध्यक्ष र वडा सदस्यहरु पदमा उम्मेद्वारहरु निर्वाचन कार्यालयमा मनोनयनगरी चुनावी प्रचार प्रसारमा सक्रिय जनाइरहेका छन् ।

यसैबीच, गौरादह–१ मा नेकपा (एमाले) को तर्फबाट वडा अध्यक्षका उम्मेद्वार पुर्नःनगेन्द्र भण्डारीलाई अघि सारेको छ । भण्डारीसहित वडा सदस्यमा चारै जना उम्मेद्वारहरुले सूर्य वहाक चिन्हमा भोत माग्दै वडा स्तरीय घरदैलो र भेटघाटलाई तिब्र बनाएका छन् । भण्डारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत वडाअध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन् ।

यसै वडाका उम्मेद्वार मध्ये खुल्लातर्फ वडा सदस्यका उम्मेद्वार हुन्ः जमुन राई । वडा नं १ को सितापुरी चौक निवासी राईको उम्मेद्वारी एमालेबाट वडा सदस्यमा परेको छ । उनको उम्मेद्वारीसँगै गौरादह १ मा यतिवेला चर्चाको विषय बन्दै गएको छ ।

स्थानीय स्तरमै रहेर उद्योग व्यवसाय सञ्चालन गर्दै आइरहनुभएका वडा सदस्यका उम्मेद्वार जमुन राईको बिशेष रुची सामाजिक सेवा गर्नु हो । राजनीतिमा उनको त्यति ठूलो योगदान छैन् । तर, उनी राजनीतिमा आस्था राख्ने गर्छन् ।

शालिन, भद्र र मिजाशिला स्वाभाका धनी जमुन राईले गाउँमा रहेर बुगुर फार्म
सञ्चालन गर्छन् । कृषिको आधूनिकरणसँगै व्यवसायमा सक्रिय उनको सितापुरी चौकमा दुईवटा ट्रायल र ब्लग उद्योग छ ।

उद्योग व्यवसाय र कृषि फार्मबाट बचेको समय राईले सामाजिक सेवामा बिताउन चाहान्छन् । उनको उद्योग र व्यवसायले परिवारको गर्जो टारिहेका छन् ।

पछिल्लो समय वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट गौरादह १ को खुल्लातर्फको वडा सदस्यको उम्मेद्वार बनेपछि राईको दैनिकी फेरिएको छ । सामाजिक सेवामा सक्रिय उनको हालको गतिविधि राजनीतिमा बित्ने गरेको छ ।

यसबीचमा वडाभित्रका धेरै गाउँ टोलमा पुग्ने र वडावासीहरुलाई चिन्ने मौका पाएका राईले स्थानीय तहको निर्वाचनमा एमालेले दिएको जिम्मेवारी सफलताका साथ पुरा गरेर देखाउने होडमा छन् ।

उनले गौरादह १ मा एमालेमय बनाउने अठोटमा रहेको बताए । यो वडाका निर्वतमान वडा अध्यक्ष नगेन्द्र भण्डारीसहित वडाको सवै टिमले निर्वाचनमा बिजय हासिल गर्नेमा आफु आशाबादी रहेको बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *