बिर्तामोड, २१ वैशाख–झापाको बिर्तामोड नगरपालिकामा नगर उपप्रमुखका उम्मेद्वार हुनुभएका नेकपा (एकीकृत समाजबादी) का नेता तीर्थ सिग्देलको वडास्तरीय घरदैलो तथा भेटघाट अभियानले मतदाताहरुबीच प्रभाव पार्दै गएको छ ।

बिर्तामोडमा रहेर ३ दशक लामो पत्रकारिता र सामाजिक सेवामा सक्रिय रहनुभएका बिर्तामोड नगरका उपप्रमुख पदका उम्मेद्वार दिनुभएका पत्रकार सिग्देलको उम्मेद्वारीसँगै मतदाताहरुबीचमा चर्चा बढेको हो ।

बिर्तामोडमा एकीकृत समाजवादी चुनाव प्रचार प्रसारद्वारा आइतबारबाट सुरु गरिएको घरदैलो तथा भेटघाट अभियानले मतदाताहरुले कमल चिन्हमा मतदान गर्न इच्छुक भएको बताएका थिए ।

वैशाख ३० गते शुक्रबार देशभरी एक साथ हुने स्थानीय तहको निर्वाचनका लागि बिर्तामोड नगर उपमेयर पदका उम्मेद्वार तीर्थ सिग्देलसहितका वडा अध्यक्ष र वडा सदस्य पदमा उम्मेद्वारले घरदैलो अभियान सुरु गरेको हो ।

एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी झापाका प्रचार बिभाग प्रमुख समेत रहनुभएका सिग्देल समाजवादी प्रेष संगठन केन्द्रीय उपाध्यक्ष हुन् ।

एकीकृत समाजवादी बिर्तामोड नगर अध्यक्ष समेत रहनुभएका बिर्तामोृड ४ का वडा अध्यक्षका उम्मेद्वार श्रीप्रसाद सिटौलाका अनुसार बिर्तामोडको सवै वडा र वडाभित्रको टोल टोलमा प्रचार प्रसारसहित घर दैलो कार्यक्रम सञ्चालन भइरहेको छ ।

एकीकृत समाजवादीबाट बिर्तामोड १ मा केदारनाथ ओडारी, ४ मा श्रीप्रसाद सिटौला, ८ मा कृष्ण बिष्टको वडा अध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । त्यसैगरी, बिर्तामोडको अन्य वडाहरुमा एकीकृत समाजवादीको तर्फबाट खुल्लातर्फ नौ जना सदस्य पदमा उम्मेद्वारी दिनुभएको छ ।

बिर्तामोड ४ बाट शुरु गरेको घरदैलो अभियान वडा नं ६ र ९ र १ मा सम्पन्न भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *