दमक, २१ वैशाख–स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर झापाको दमकमा नेकपा (एकीकृत समाजवादी) ले दमकको १० वटै वडास्तरीय घरदैलो र भेटघाट कार्यक्रमलाई आज पनि निरन्तरता दिएको छ । यसैबीच, दमक–१० मा आज एकीकृत समाजवादीद्वारा दमक नगर उपप्रमुख पदका उम्मेद्वारसहित दमक १० का वडा अध्यक्ष पदका उम्मेद्वार राम लुइटेल, खुल्लातर्फ सदस्य पदका उम्मेद्वार हरिकृष्ण पौडेल र सुवास सुवेदीले स्थानीय मतदाताहरुको घरदैलोमा पुगेर मत मागेका छन् ।

नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीका अध्यक्ष समेत रहनुभएका दमक नगर उपप्रमुख पदका उम्मेद्वार घिमिरेले सो क्रममा दमक–१० का मतदाताहरुको घरदैलोमा पुगेर आर्शिवाद लिनुका साथै कमल चिन्हमा मत मागेका थिए । दमक बहुमुखी क्याम्पसका पूर्व स्ववियू सचिवमा समेत बहुमतका साथ निर्वाचित घिमिरे दमकको कलश सहकारी संस्थाका अध्यक्ष हुन् ।

त्यस्तैं, दमक १० का वडा अध्यक्ष पदका उम्मेद्वार लुइटेल, वडा सदस्य पदका उम्मेद्वार पौडेल र सुवेदीले समेत आफ्ना वडाभित्रका मतदाताहरुसँग मत मागेका थिए । लुइटेल जिल्ला कमिटी सदस्य हुन् । त्यसैगरी, पौडेल एकीकृत समाजवादी झापाका जिल्ला सदस्य तथा युवा संघका केन्द्रीय सदस्य हुन् । त्यस्तैं, सुवेदी दमकमा सामाकिज क्षेत्रमा क्रियाशिल युवा नेतृत्व हुन् । उनी एकीकृत समाजवादी प्रदेहश कमिटी सदस्य हुन् ।

साविकको दमक–१७, १८ र १९ लाई समायोजनपछि बनेको दमक–१० मा देखिएका समस्या र त्यसलाई उचित सम्बोधन गर्ने खालका समस्याहरुका बारेमा स्थानीयवासीले अवगत गराएका थिए ।

दमक–१० मा नेकपा (एकीकृत समाजवादी) को वडा कमिटी गठन भइसकेको र सो वडामा चुनावी प्रचार प्रसार सम्पर्क कार्यालय स्थापना भएर चुनावी अभियानका नियमित कार्य सम्पादनमा सहज बनाइरहेको स्थानीय नेता एबम् खुल्ला तर्फ सदस्य पदका उम्मेद्वार हरिकृष्ण पौडेलले जानकारी दिए । हिजो (मंगलबार) दमक–३ मा समेत घरदैलो कार्यक्रम उत्साह जनक भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *