धरमपुर, २१ वैशाख–झापाको शिबसताक्षी–२ मा नेकपा (एमाले) का स्थानीय कार्यकर्ता लक्ष्मीकान्त खनालमाथि भएको घटनाको विषयमा नेकपा (माओवादी केन्द्र) शिबसताक्षी २ वडा कमिटीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जालमा आएको सामाग्रीप्रती माओवादी केन्द्र शिबसताक्षी २ वडा कमिटीलेले खेदप्रकट गर्दै लक्ष्मीकान्त खनालमाथि भएको आक्रमणम आफ्नो पार्टीको कुनै योजना नभएको समेत स्पष्ट पारेको छ ।

खनालको निजी निवास दिङलाधापमै छिमेकीसँग आगामी निर्वाचनमा कसले बाजी मार्ला भन्ने विषयमा बिबाद भएको र सोही क्रममा साथीबाट आक्रमण भएको हो ।

शिबसताक्षी २ दिङलाधाप निवासी खनाल एमालेका कार्यकर्ता हुन् । उनीसहित छिमेकी साथीबीच दिङलाधापमा छलफलमै थिए, एक प्रत्यक्षदर्शीले भने–’गफै गफको क्रममा उनीहरुबीच हात हालाहालकोस्थिती भयो ।’

यता, नेकपा (माओवादी केन्द्र) शिबसताक्षी–२ वडा कमिटीका इन्चार्ज कुमार कोइरालाले बुधबार प्रेष बिज्ञेप्ती मार्फत घटनाप्रती दुःख व्यक्त गरेका छन् । उनले सो घटनामा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र) को नाम जोडेर सामाजिक सञ्जालहरुमा सार्वजनिक भएकोमा पनि आपत्ती प्रकट गरेका छन् ।

इन्चार्ज कोइरालाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार-प्रसार र घरदैलो कार्यक्रममा व्यस्त रहेको पार्टी कमिटीले कुनै खाले यस्ता अभद्र र असामाजिक क्रियाकलाप नगर्ने बताए । आफ्नो पार्टीलाई बदनाम गराउन सामाजिक सञ्जालहरुमा सार्वजनिक भएको सामाग्रीहरु तत्कात हटाउन समेत कोइरालाले आग्रह गरेका छन् ।

घटनाको यर्थाथलाई नबुझी आएको समाचार र सामाग्रीप्रती हाम्रो ध्यानाकर्षण भएको छ, कोइरालाले भने–’निर्वाचनमा हामीप्रती वडावासीले देखाएको साथ र समर्थन देखेर हारको मानसिकता प्रदर्शन नगर्न समेत इन्चार्ज कोइरालाले प्रेष बिज्ञेप्तीमा उल्लेख गरेको छ ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *