दमक, २२ वैशाख–महिलाहरुको सामाजिक, आर्थिक, राजनीतिक लगायतका अन्य सरोकारका क्षेत्रमा लामो समयदेखि आन्दोलनरत एक शसक्त अधिकारर्मी हुन्ः नरमाया कार्की । साविकः शिबगञ्ज–४ हालः शिबसताक्षी–७ घर भएकी नेत्री कार्कीलाई नेकपा (एमाले) ले आसन्न स्थानीय तहको निर्वाचनमा शिबसताक्षी नगरपालिकाको उपप्रमुख पदमा उम्मेद्वारी बनाएको छ ।
नरमाया कार्कीको अनेकौ परिचय छ । उनी महिला स्वास्थ्य स्वयंसेविका हुन् । सहकारी अभियान्ता हुन् । कृषि क्षेत्रको विकास र त्यसको प्रवर्दनमा कार्यरत अग्रणी व्याक्तित्व हुन् । उनी, राजनीतिक जीवनसँगै धार्मीक मठमन्दिर निर्माण, सडक, सिचाई, कृषि सहकारी, बित्तिय सहकारी, सामुदायिक विद्यालयको क्षेत्रमा आबद्धरहेर काम गरिरहेकी एक प्रतिनिधित्व पात्र हुन् ।
स्वास्थ्य र शिक्षाको माध्यमद्वारा स्थानीय बालबालिका र महिलाहरुको पक्षमा काम गरेकै कारण कार्कीको उम्मेद्वारीले शिबसताक्षी नगरपालिकामा निकै ठूलो चर्चा पाएको छ ।
कार्की नेकपा (एमाले) झापाको जिल्ला कमिटी सदस्यमा रहेर पटक पटक जिम्मेवारी पुरा गरिसक्नुभएको छ । विद्यार्थी जीवनमा कम्युनिष्ट राजनीतिमा प्रवेश गरेकी कार्कीको परिवारनै राजनीतिमा सक्रिय हुनुहुन्छ ।
माले हुदै एमालेको विभिन्न कमिटीमा रहेर काम गरिरहेकी कार्की २०७५–०७६ देखि एमाले झापाका सदस्य बनेकी थिइन । त्यस्तैं, नेत्री कार्कीले ०७८ मा नेकपा (एमाले) जिल्ला कमिटी झापाका पार्टी सचिवालय सदस्यसमेत भइन् । उनी कुशल संगठक हुन् । उनी योजनाकार हुन् ।
कार्कीको सरल जीवनशैली छ । क्रान्तिकारी स्वभावकी कार्की प्रष्ट र तार्कित बिचार व्यक्त गछिन् । उनको प्रयास र सक्रियतामा स्थानीय वा नगरस्तरीय सामाजिक क्षेत्रका महत्वपूर्ण कामहरु पुरा भएका छन् ।
बुबा सागरनाथ चापागाई र आमा बेदमाया चापागाईको कोखबाट २०२१ साल साउन २३ गते शिबसताक्षी ९ आँपटारीमा कार्कीको जन्मनुभएको हो । कार्कीले शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयबाट अध्ययन गरिन । विद्यार्थी जीवनमै कार्कीले अनेरास्ववियूको सदस्यता लिइन् ।
१४ वर्षको उमेरमा नेपाल कम्युनिष्ट पार्टी (माले) को जनबर्गिय संगठनमा रहिसकेकी कार्कीले २०३५–०३६ सालको आन्दोलनहुदै २०३७–०३८ सालमा विद्यार्थी राजनीतिमा सहभागिता जनाएकी थिइन् ।
उनको विवाह २०४१ सालमा भयो । शिबगञ्ज ४ निवासी कमल कार्कीसँग नरमायाको जनवादी बिबाह भयो । सो बिवाह पार्टीले आयोजना गरे । विबाहपछि उनले अखिल नेपाल महिला संघमा रहेर काम गरिन ।
२०४४–०४५ सालमा नेकपा (माले) को सदस्यता पाएपछि कार्कीको राजनीतिक जीवनमा सक्रियता बढ्यो । ०४६ सालमा बिर्तामोडमा सम्पन्न महिला आन्दोलनमा कार्की प्रहरीद्वारा पक्राउ परिन् ।
बहुदलको आगमनपछि कार्की शिबगञ्जमा पार्टी राजनीतिसँगै घरायसी जिम्मेवारीमा रहेर काम गर्दै आइरहेकी छन् । दर्जन बढी सामाजिक संघसंस्थाको मुख्य जिम्मेवारीमा रहेर उनले आफ्नो क्षमता देखाइसकेकी छन् ।
लालझोडास्थित भानू माध्यमिक विद्यालय व्यवस्थापन समिति, शिबगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्र, चन्द्रडाँगीस्थित महिला कृषि सहकारी संस्था, स्थानीय मठमन्दिरको समितिमा रहेर कार्कीले जिम्मेवारी र अनुभव लिइसेकेकी छन् ।
